सितेबा र अधिकारीको अपिल- राजनीतिक शुद्धीकरणमा सघाउनुस्

नेपालभ्युज

सितेबा र अधिकारीको अपिल- राजनीतिक शुद्धीकरणमा सघाउनुस्

काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–५ मा हाम्रो पार्टीको लौरो अभियान अन्तर्गत उम्मेदवारी दिएका मधुसुधन पाठक (सितेबा) र सोही क्षेत्रमा प्रदेशसभा क का उम्मेद्वार रामहरि अधिकारीले विद्रोहमार्फत राजनीतिक शुद्धीकरणमा सहयोग गर्न मतदातासँग आग्रह गरेका छन् । संयुक्त चुनावी प्रतिबद्धता-पत्र एवं अपिल सार्वजनिक गर्दै उनीहरुले मंसिर ४ मतदाताको विवेक र आफ्नो विद्रोहको संयोजन गर्ने दिन हुने बताएका हुन् ।

‘मैलै परम्परागत राजनीति र व्यक्तिको विकल्प दिन उम्मेदवारी दिएर विद्रोह गरेको छु, तपाईंले विकल्प रोजेर विद्रोह गर्ने बेला भएको छ,’ उम्मेदवारद्वयले भनेका छन्, ‘मंसिर ४ तपाईंको विवेक र मेरो विद्रोहको संयोजन गर्ने दिन हो । त्यहीँबाट सुरु हुनेछ- नयाँ दिन र पारदर्शी एवं जनताप्रति उत्तरदायी राजनीति ।’

व्यावसायिक जगत्का कृषि, सहकारी, पत्रकारिता, कलाकारिता, शिक्षा तथा स्वास्थ्यका साथै पर्यटन क्षेत्रको लामो अनुभव कर्मशीलतासँगै आफ्नो अध्ययन र अनुभवलाई राजनीतिक क्षेत्रको माध्यमबाट नागरिक सेवामा समर्पित रहने प्रतिबद्धताका साथ उम्मेदवारी दिइएको उनीहरुले दावी गरेका छन् । लामो समय समाजसेवामा सक्रिय रहेको र अब राजनीतिमार्फत जनसेवामा लाग्न चाहेको पाठक र अधिकारीको भनाई छ ।

प्रतिबद्धतापत्रमा भनिएको छ, ‘व्यवस्थामाथि होइन आजको राजनीतिक नेतृत्वमाथि जनताका प्रश्नैप्रश्न र गुनासै–गुनासा छन् । निःस्वार्थ भावले गर्ने राजनीति आज कमाइ खाने भाँडो भएको छ ।’

राजनीतिमा पारदर्शिताको अभाव रहेको र राजनीति शक्ति र सत्ताको दुरुपयोग गर्ने अस्त्रजस्तो भएको उनीहरूको आरोप छ । ‘तर, आज जनताले पारदर्शी राजनीति खोजिरहनु भएको छ । कसले दिन्छ ? अलमल छ ’, उनको प्रतिबद्धता–पत्रमा छ, ‘यही अलमल चिर्न मैले राजनीतिक मैदानमा पस्ने निर्णय गरेको हुँ । दिगो विकास, जनताको समृद्धि र व्यावसायिक आत्मनिर्भरता मैले खोजेको राजनीति हो ।’ विकृति–विसंगतिविरुद्ध सुशासन दिँदै पारदर्शी र जनताप्रति जवाफदेही सरकारको प्रत्याभूति गराउन एउटा ठूलो संकल्प लिएर राजनीतिमा आएको उम्मेदवारद्वय पाठक र अधिकारीले प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन् ।

पाठकले पुँजी र श्रमको एकीकरण गर्ने र त्यसको उचित व्यवस्थापन र परिचालनमार्फत् उद्यमशील समाज बनाउन चाहिने उपयुक्त नीति, विधि र प्रविधिको व्यवस्थापन गर्ने प्रतिबद्धतापत्रमा जनाएका छन् । ‘पारिवारिक एवं सामाजिक सद्भाव विकासका लागि विभिन्न चेतनामूलक उत्प्रेरणात्मक कार्यक्रम निरन्तर सञ्चालन गरेर बलियो मनस्थितिसहित नागरिकलाई राज्यसँग जोड्ने छु’, पाठकको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

यस्तो छ प्रतिबद्धतापत्रको पूर्णपाठ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved