झापामा ओली अस्वस्थ भएपछि एमालेका चुनावी कार्यक्रम स्थगित

नेपालभ्युज

झापामा ओली अस्वस्थ भएपछि एमालेका चुनावी कार्यक्रम स्थगित

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । चुनाव प्रचार प्रसारका क्रममा गृहजिल्ला झापामा रहेका ओली अस्वस्थ भएका हुन् ।

मंसिर ४ मा हुने निर्वाचनमा  झापा–५ बाट उम्मेदवार बनेका  उनी दमकमा केही चुनावी कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको थियो ।

ओलीलाई ज्वरो आएपछि ती कार्यक्रम स्थगित गरिएको झापाका एक एमाले नेताले जानकारी दिए ।

ती नेताका अनुसार ओली हाल औषधी सेवन गरी घरमै आराम गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved