टुकुचा खोलामाथिको संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता

नारायणहिटी दरबार क्षेत्रयता जय नेपाल हलबाट काठमाडौं प्लाजासम्मको भूमिगत टुकुचा खोलालाई नउधिन्न उच्च अदालत पाटनले दिएको आदेशलाई निरन्तरता दिन आदेश दिएको छ।

नेपालभ्युज

टुकुचा खोलामाथिको संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता

काठमाडौं। नारायणहिटी दरबार क्षेत्रयता जय नेपाल हलबाट काठमाडौं प्लाजासम्मको भूमिगत टुकुचा खोलालाई नउधिन्न उच्च अदालत पाटनले दिएको आदेशलाई निरन्तरता दिन आदेश दिएको छ। खोलामाथिको भौतिक संरचना नभत्काउन दिएको अल्पकालीन अन्तरिम आदेशलाई लम्ब्याएको हो। यसबारे अन्तिम फैसला भने हुन बाँकी छ।

बुधबार न्यायाधीश टेकप्रसाद ढुङ्गाना र विमल सुवेदीको संयुक्त इजलासमा अन्तरिम आदेश छलफलसम्बन्धी सुनुवाइ हुनुपर्नेमा गत असोज ७ को आदेश अनुसार झिकाउने भनिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव जनकराज जोशीको नेतृत्वमा बनेको कार्यदलले बुझाएको प्रमाणित प्रतिलिपि झिकाउन मन्त्रालयमा पत्राचार नै नगरेपछि अल्पकालीन अन्तरिम आदेशलाई कार्तिक १ सम्म निरन्तरता दिने आदेश भएको हो।

इजलासले पूर्व आदेशअनुसारको प्रतिवेदन प्रतिलिपि भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट र काठमाडौं महानगरपालिकाबाट लगाएका मुद्दामा पेस भएको लिखित जवाफको प्रकरण नम्बर २.१ मा उल्लेख भएको काठमाडौं उपत्यका भित्रका नगरपालिका र नगरोन्मुख गाविसहरूमा गरिने निर्माण सम्बन्धी मापदण्डमा नेपाल सरकार (मन्त्रिपरिषद्) बाट ०६५ मङ्सिर १ मा भएको संशोधनसमेतको प्रमाणित प्रतिलिपि बागमती सभ्यता एकीकृत विकास समितिबाट ३ दिनभित्र झिकाइ प्रस्तुत मुद्दा र लगाउमा पेस भएका सबै मुद्दाका पक्षधरलाई अन्तरिम आदेश छलफल प्रयोजनका लागि कार्तिक १ गतेको पेसी तारेख तोकेर नियमानुसार पेस गर्न आदेश भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved