रेखा थापाले गरिन मोरङ–३ बाट उम्मेदवारी दर्ता

नेपालभ्युज

रेखा थापाले गरिन मोरङ–३ बाट उम्मेदवारी दर्ता

काठमाडौ‌। राप्रपा नेतृ रेखा थापाले मोरङ ३ बाट उम्मेदवारी दर्ता गरेकी छिन् ।  यो क्षत्रबाट गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता सुनिल शर्मा र नेकपा एमालेको तर्फबाट भानुभक्त ढकालले उम्मेदवारी दिने तयारी गरेका छन् ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा यहाँबाट एमाले नेता ढकाल निर्वाचित भएका थिए । एमाले र माओवादी केन्द्रको वाम गठबन्धनका उम्मेदवार ढकालले ४२ हजार ४१३ मत प्राप्त गरेर निर्वाचित भएका थिए भने कांग्रेसका सुनील शर्माले ४० हजार ५०६ मत प्राप्त गरेर दोस्रो भएका थिए ।

यो क्षेत्रमा राप्रपाका कमलबहादुर गुरुङले २६८ मत मात्र पाएर आठौं नम्बरमा रहेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved