कमल थापा मकवानपुर १ बाट सूर्य चिह्न लिएर लड्ने

नेपालभ्युज

कमल थापा मकवानपुर १ बाट सूर्य चिह्न लिएर लड्ने

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष  कमल थापा मकवानपुर- १ बाट  एमालेको समर्थनमा चुनाव लड्ने भएका छन् ।

शनिबार बिहान झापा जानुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेट गरेका  अध्यक्ष थापाले सूर्य चिह्न लिएर चुनाव लड्ने गरी सहमित गरेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

यसअघि मकवानपुर क्षेत्र नम्बर १ बाट एमालेका केन्द्रीय सदस्य तथा जिल्ला ईञ्चार्ज रामेश्वर रानाले टिकट पाएका थिए । रानाको टिकट खोसेर थापालाई दिएपछि मकवानपुर एमालेका नेताहरु असन्तुष्ट बनेको एमालेका एक जिल्ला नेताले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved