राप्रपा बैठक : केन्द्रीय निर्वाचन परिचालन समितिले पायो पूर्णता

नेपालभ्युज

राप्रपा बैठक : केन्द्रीय निर्वाचन परिचालन समितिले पायो पूर्णता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको कार्यसम्पादन समितिको बैठकले केन्द्रीय निर्वाचन परिचालन समितिलाई पूर्णता दिएको छ । बिहीबार बसेको बैठकले अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको  समितिलाई पुर्णता दिएको हो ।

पूर्वअध्यक्षत्रय लोकेन्द्र बहादुर चन्द, पशुपति शमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी, कार्यसम्पादन समितिका सदस्यहरू, पदाधिकारीहरू, सातवटै प्रदेशका अध्यक्षहरू, केन्द्रीय सदस्यहरू, विभागीय प्रमुखहरू र भातृ संगठनका प्रमुखहरु सदस्यमा मनोनीत भएका छन् ।

बैठकले  महामन्त्री राजेन्द्र गुरुङलाई सदस्य सचिवको जिम्मेवारी, प्रदेश अध्यक्षको संयोजकत्वमा प्रदेश निर्वाचन परिचालन समिति र जिल्ला अध्यक्षको संयोजकत्वमा जिल्ला निर्वाचन परिचालन समिति गठन गरेको छ । यस्तै कोषाध्यक्ष नीलकण्ठ काफ्लेको संयोजकत्वमा निर्वाचन आर्थिक समिति र प्रवक्ता मोहन श्रेष्ठको संयोजकत्वमा केन्द्रीय निर्वाचन प्रचार समिति समेत गठन गरेको राप्रपाले जनाएको  छ ।

बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार चयनका विषयमा छलफल भएको  प्रवक्ता श्रेष्ठले जानकारी दिए । साथै बैठकले समान विचार र धारणा भएका पार्टीसँग एकता र सहकार्यका लागि आह्वान गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved