अनशनरत डा. केसीमा देखियो अल्सरको लक्षण

नेपालभ्युज

अनशनरत डा. केसीमा देखियो अल्सरको लक्षण

धनगढी। स्वास्थ्य सेवा सुधारका माग राखेर अनशनमा रहेका डा. गोविन्द केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको छ । सेती प्रादेशिक अस्पतालमा  उपचार गराइरहेका उनको स्वास्थ्यमा थप जटिलता हुन सक्ने अस्पतालले चेतावनी पनि दिएको छ ।

९ दिनदेखि अनशन बसिरहेका केसीको मांशपेशी सुक्दै गएको छ । उनलाई अल्सर भई रक्तश्रावको भएको हुनसक्ने भन्दै अस्पतालका प्रवक्ता डा. शेरबहादुर कमरले विज्ञप्ति निकालेर थप जटिलता हुन सक्ने हुनाले बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा लैजान सम्बन्धित निकायलाई आग्रह गरिसकेको बताएका छन् ।

अस्पतालले केसीको स्वास्थ्यबारे राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम, प्रदेश सरकारको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय कैलाली र संघीय सरकारको स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकेको बताएको छ ।

धनगढी स्थित कृष्णमन्दिरको धर्मशालामा अनशन बसेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि अनशन बसेको ३ दिनपछि २९ भदौमा सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved