विदेशी फिल्ममाथि बोर्डको कडाइ : अब एक साताअघि नै सेन्सर सिफारिस, रात्रि शोमा रोक

नेपालभ्युज

विदेशी फिल्ममाथि बोर्डको कडाइ : अब एक साताअघि नै सेन्सर सिफारिस, रात्रि शोमा रोक

काठमाडौं। नेपाल चलचित्र विकास बोर्डले अप्रत्यक्षरूपमा विदेशी फिल्मलाई कडाइ गर्ने संकेत दिएको छ । बोर्डका अध्यक्ष भुवन केसीले विदेशी फिल्मलाई कडाइ गर्ने संकेत देखाएका हुन् ।

विदेशी फिल्मलाई प्राथमिकतामा राखेको भन्दै आरोप खेपिरहेका फिल्म हललाई १५ दिनभित्र नवीकरण गर्न र कर दाखिला गर्न अल्टिमेटम दिने निर्णय गरेका भुवनले अर्को निर्णय गरेका छन् । बिहीबार बोर्डको सूचना छापेर विदेशी फिल्मप्रतिको कडाइ नै हो । सूचनामा दुई महत्त्वपूर्ण कुरा छन् ।

रिलिजको एक साताअघि नै चलचित्र जाँचपासको लागि निवेदन दिनुपर्ने र बिहान ६ बजेदेखि राति ११ बजेसम्म मात्र फिल्म देखाउन पाउने गरी शो निर्धारण गर्नुपर्ने । राति ११ बजेपछि वा बिहान ६ बजेअघि फिल्म देखाउनुपर्ने भएमा प्रशासनको अनुमति लिनुपर्ने नियम पनि बोर्डले ल्याएको छ । कात्तिक १ गतेदेखि यो नियम लागू हुने जनाइएको छ ।

‘केजीएफ २’ लाई मध्यरात र एकाबिहानै प्रदर्शन गरिएको भन्दै विरोध भइरहेको थियो भने हालै विदेशी फिल्म ‘ब्रह्मास्त्र’को सेन्सर नभएको कारण देखाउँदै नेपाली फिल्महरूलाई शो दिएका छैनन् ।

यतिबेला भने आजको आजै वा आजको भोलि शैलीमा विदेशी फिल्मको सेन्सर हुने गरेको छ भने नेपाली फिल्मलाई सेन्सरमा प्राथमिकता दिइने गरिएको छैन । यी असन्तुष्टिबीच बोर्डले नयाँ सूचना जारी गरेको हो ।

बोर्डले सेन्सर सिफारिसमा नयाँ नियम ल्याएपछि वितरकलाई राइट खरिदमा दबाब सिर्जना भएको छ । रिलिजको दुई तीनअघि नै मात्र राइट निश्चित हुने गरेकोमा अब वितरकले धेरै पहिलेदेखि नै खरिदको प्रक्रियालाई टुंग्याउनुपर्नेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved