मुख्यमन्त्री पाण्डेको जिकिर- वडास्तरबाटै ल्याउँछौं समाजवाद

मुख्यमन्त्री पाण्डेको जिकिर- वडास्तरबाटै ल्याउँछौं समाजवाद

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले वडास्तरबाटै जनताको जीवनस्तरमा सुधार ल्याएर समाजवादको शुरुआत गरिने बताएका छन् । योजना आयोग बागमती प्रदेशको मानव विकास प्रतिवेदन लोकार्पण कार्यक्रममा उनले देशमा समाजवाद ल्याउन वडास्तरमा समाजवाद स्थापना हुनुपर्ने बताए ।

मुख्यमन्त्री पाण्डेले भने, ‘बागमती प्रदेशका एक सय १९ वटा वडामा समाजवादी वडा कार्यक्रम ल्याउन लागिएको छ । शिक्षा, स्वास्थ्य र रोजगारीबाट वञ्चित समुदाय रहेका वडा छनोट गरेर नयाँ कार्यक्रम बनाइनेछ ।’ उनले आदर्शवान व्यक्तित्व निर्माणको लागि रोजगारीको व्यवस्था गरिनुपर्ने र उक्त कार्यको लागि प्रदेश सरकारले काम गरिरहेको बताए ।

सीपयुक्त जनशक्ति उत्पादन गरेर देश विकास गर्न, अर्थतन्त्र बलियो बनाउन र बाहिर सीपयुक्त जनशक्ति पठाएर धेरै रकम भित्राउन सकिने भएकाले सीप सिकाउनका लागि रु १५ करोड बजेट विनियोजन गरिएको मुख्यमन्त्री पाण्डेले जानकारी दिए।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विश्वराज जोशीले मानव विकास भनेको भौतिक पूर्वाधार विकास मात्र नरहेको बताए । उनले उत्पादन र वितरणलाई विशेष ध्यान दिएर अर्थतन्त्र बलियो बनाउनुपर्नेमा जोड दिए ।

मकवानपुरगढी गाउँपालिका उपप्रमुख मानकुमारी पाख्रिनले गाउँमा सस्तो मूल्यमा जगा किनेर छोड्नेको सङ्ख्या बढेकाले पनि जमिन बाँझो भएर उत्पादनमा कमी आएको बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved