पहिलो हाफमा भुटानको अग्रता

नेपालभ्युज

पहिलो हाफमा भुटानको अग्रता

काठमाडौं। महिला साफ च्याम्पियनसिपमा अहिले भुटान र श्रीलंकाबीच प्रतिस्पर्धा भइरहेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा भुटानले १–० ले अग्रता लिएको हो ।

भुटानका लागि नामङ्याल डेमाले १ गोल गरिन् । खेलको ४३औँ मिनेटमा डेमाको गोलले भुटानले अग्रता लिएको हो । साफको इतिहासमा श्रीलंकाविरुद्ध यो भुटानको दोस्रो गोल हो ।

प्रतियोगितामा भुटानको दोस्रो खेल हो भने श्रीलंकाको पहिलो खेल हो । त्यसैले, दुवै टिम पहिलो जितको खोजीमा हुनेछन् । सेमिफाइनल प्रवेश सम्भावना जीवित राख्न भुटानलाई श्रीलंकामाथि जितको विकल्प छैन । श्रीलंकालाई भने बराबरीले पनि अघिल्लो चरण प्रवेशको सम्भावना कायम रहन्छ ।

श्रीलंकाले दोस्रो खेल सोमबार नेपालविरुद्ध खेल्नेछ । भुटान पहिलो खेलमा नेपालसँग ४–० ले पराजित भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved