कुहिनाको कालोपन हटाउने विभिन्न तरिका

नेपालभ्युज

कुहिनाको कालोपन हटाउने विभिन्न तरिका

एजेन्सी । हाम्रो शरीरका केही त्यस्ता हिस्सा हुन्छन्, जहाँ दैनिक नुहाउँदा पनि कालोपन रहन्छ । त्यस्तैमध्ये एउटा कुहिनाको कालोपन पनि हो । जसलाई घोटेर धुँदा पनि कतिपय अवस्थामा कालोपना जाँदैन ।

केही घरेलु उपाय अपनाएर कुहिनाको कालोपन  कम गर्न सकिन्छ । आउनुहोस त्यसबारे जानौं ।

कुहिनाको कालोपन कम गर्न आलुको प्रयोग गर्न सकिन्छ । यसमा भएको ब्लीचिंग गुणले दागधब्बा कम हुनुका साथै कालोपन कम हुँदै जान्छ । यसका लागि आलुको रस निकालेर कुहिनाको वरिपरि मालिस गर्दै लगाउने र केहीबेरपछि सफा पानीले धुन सकिन्छ । यसलाई हप्तामा दुईदेखि तीनपटक गर्नु पर्छ ।

एलोवेरा जेलको सहयोगले पनि हाइपरपिग्मेन्टेशनलाई हटाउन सकिन्छ । यो छालाका लागि एकदमै फाइदाजनक हुन्छ । यसको नियमित प्रयोगले पुरानो कालो दाग पनि हट्न सक्छ । यसका लागि तपाईंले ताजा एलोवेराको जेल निकालेर वा डब्बाको शुद्ध एलोवेरा जेलको प्रयोग गर्न सक्नुहुन्छ ।

त्यस्तै बेसार र महमा हुने गुणले पनि कुहिनाको कालोपन हटाउन सक्छ । यी दुवै सामग्री मिसाएर पेस्ट बनाएर लगाउदा फाइदा हुन्छ । बेसार र महमा हुने एन्टीअक्सीडेन्टले छालालाई भित्रैदेखि सफा तथा कोमल बनाउँछ ।

बेकिंग सोडा र दुधको सहयोगले पनि कुहिनाको कालोपन कम गर्न सकिन्छ । एउटा भाँडोमा बेकिंग सोडा र दुधलाई मिसाउने । यो पेस्टलाई कुहिनोमा लगाएर सुकेपछि सफा पानीले धुने गर्दा पनि कालोपन छिट्टै हटेर जान्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved