लैङ्गिक समानताका लागि सामूहिक प्रयास जरुरी : राष्ट्रपति पौडेल

नेपालभ्युज

लैङ्गिक समानताका लागि सामूहिक प्रयास जरुरी : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक, सामाजिक, तथा न्यायिक क्षेत्रमा महिलाको सम्मानजनक सहभागिताका लागि सामूहिक प्रयास गर्नु पर्ने बताएका छन् ।

छैटौँ राष्ट्रिय महिला अधिकार दिवसको शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले लैङ्गिक समानताका लागि सामूहिक प्रयासमा जोडि दिएका हुन् । सन्देशमा पौडेलले महिलाको अधिकारलाई सुनिश्चितता प्रदान गर्दै लैङ्गिक समानता कायम गर्न विगतमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासलाई यस दिवसले अझ सम्मान र पहिचानका साथ थप ऊर्जा प्रदान गर्ने विश्वास गरेका छन् ।

२०६३ जेठ १६ गतेका दिन तत्कालीन पुनः स्थापित प्रतिनिधि सभाले नेपाली महिलाका अधिकारसम्बन्धी महत्वपूर्ण चार वटा ‘विशेष प्रस्ताव’ पारित गरेको दिनको सम्झनामा हरेक वर्ष जेठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाउने गरिन्छ ।

यो वर्ष सरकारले “हाम्रो अभियान ः आत्मनिर्भर छोरीको सम्मान” भन्ने नारा तय गरेको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved