इजरायलले रफाहमा गरेको आक्रमणले ‘रेड लाइन’ क्रस नगरेको अमेरिकाको प्रतिक्रिया

नेपालभ्युज

इजरायलले रफाहमा गरेको आक्रमणले ‘रेड लाइन’ क्रस नगरेको अमेरिकाको प्रतिक्रिया

काठमाडौं । अमेरिकाले गाजाको दक्षिणी क्षेत्र रफाहमा इजरायलले जारी राखेको हमलाले रेड लाइन क्रस नगरेको प्रतिक्रिया दिएको छ ।

इजरायली हमलाको सर्वत्र आलोचना भइरहदा अमेरिकाले भने समान्य प्रतिक्रिया दिएको हो ।

ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले रफाहमा भएको हमला बाहिर भनिएजस्तो आक्रामक नभएको बताएका हुन् । गत आइतबार भएको इजरायली हमलामा आश्रय लिएर बसेका ४५ प्यालेस्टेनी नागरिकको मृत्यु भएको थियो ।

मारिनेमा अधिकांस बालबालिका र महिला थिए । किर्बीले बालबालिका र महिलाको मृत्यु भएको दुखद भएको भन्दै हमासले भण्डारण गरेका हतियार विष्फोटका कारण उनीहरुको हताहती भएको बताए ।

रफाहमा हमासविरुद्ध हमला जरुरी रहेको भन्दै लक्ष्य अनुरुप इजरायलले आक्रमण नगरेको अमेरिकाको बुझाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved