एजेन्सी । आमिर खानको फिटनेस र राम्रो अभिनयका कारण उनलाई बलिउडमा मिस्टर परफेक्शनिस्टले चिनिन्छ । आमिर खानले ब्लकबस्टर फिल्म दंगलका लागि २७ किलो तौल बढाएका थिए ।
आमिर खानको ‘फ्याट टु फिट’ को यात्रा धेरै मानिसका लागि प्रेरणा बनेको छ । यस्तोमा आमिर खानले तौल कम गर्नका लागि केही टिप्स दिएका छन् । जसलाई अपनाउँदा एक हप्तामै तौल कम हुने उनले बताएका छन् ।
आमरुपमा मानिसहरु तौल कम गर्नका लागि विभिन्न प्रकारका खानपानहरु अपनाउने गर्छन् । तर आमिर खानका अनुसार तौल घटाउनका लागि डाइट नभएर क्यालोरी काउन्टलाई ध्यान दिनुपर्ने बताएका छन् ।
क्यालोरी काउन्टलाई तौल घटाउने परम्परागत उपायको रुपमा पनि लिन सकिन्छ । यसमा तपाईं आफ्नो खानपिनमा त्यति नै क्यालोरी लिनुहुन्छ जति तपाईंको शरीरलाई आवश्यक छ । यसमा खानपानलाई नापतौल गरेर लिने गरिन्छ ।
आमिर खानले उदाहरण दिँदै सम्झाएका छन् कि यदी तपाईंको शरीरलाई दुई हजार क्यालोरीको आवश्यकता छ भने तपाईं पन्ध्र सय क्यालोरी सेवन गर्न सक्नुहुन्छ । यसले पाँच सय क्यालोरी नास हुनेछ र सात दिनमा तपाईंले तीन हजार पाँच सय क्यालोरी कम गर्न सक्नुहुनेछ ।
यसरी तीन हजार पाँच सय क्यालोरी कम हुनुको अर्थ हो तपाईंको एक हप्तामा कम्तीमा चार सय पचास ग्राम तौल घटाउन सक्नुहुन्छ । तपाईंको चाहना अनुसार क्यालोरीलाई अझै कम वा धेरै गर्न पनि सक्नुहुन्छ ।
यदी आमिर खानको यस फिटनेस मन्त्रलाई सम्झने हो भने तौल कम गर्नका लागि ५० प्रतिशत खानपान, २५ प्रतिशत कसरत र २५ प्रतिशत आराममा फोकस गर्नुपर्दछ ।
Facebook Comment
Comment