तराईमा अचाक्ली गर्मी, भरसक घर बाहिर ननिस्कन सुझाव

नेपालभ्युज

तराईमा अचाक्ली गर्मी, भरसक घर बाहिर ननिस्कन सुझाव

काठमाडौं । तराईका जिल्लाहरुमा अचाक्ली गर्मी बढेको छ । दक्षिणी भेगमा बढेको तापक्रम अझै केही दिन जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गर्मी बढ्ने क्रम आगामी तीन दिनसम्म जारी रहने छ । तराईका सुदूरपश्चिम र लुम्बिनी प्रदेश गर्मीले सबै भन्दा बढी आक्रान्त भएका छन् । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भेगको ताफक्रमले पछिल्लो समय ४० डिग्री पार गर्न थालेको छ ।

महाशाखाले विशेष बुलेटिन जारी गर्दै आगामी ३ दिनसम्म ती क्षेत्रमा तातो हावा तथा तातो लहरको सम्भावना रहेको जनाएको छ । महाशाखाले गर्मीबाट बच्न सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहन, बाहिरी वातावरणमा बढी नजान र हल्का लुगा लगाउन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले तातो लहरका कारण थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने र बान्ता आउने जस्ता लक्षण देखिने भन्दै समस्या देखिए चिकित्सकको सल्लाह लिनुपर्ने सुझाव दिएको छ ।

दिपायल, धनगढी, विरेन्द्रनगर, नेपालगञ्ज, घोराही, भैरहवा, सिमरा, विराटनगर र जनकपुर लगायतका शहरमा अत्याधिक गर्मी बढेको छ । ती स्थानको तापक्रम ४० डिग्री आसपासमा रहेको महाशाखाले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved