एक्लोपन भगाउन महिलाले गर्न सक्ने काम

नेपालभ्युज

एक्लोपन भगाउन महिलाले गर्न सक्ने काम

एजेन्सी । कतिपय अवस्थामा हामीले मानिसका बीचमा बसेर पनि एक्लोपन महसुस गरिरहेका हुन्छौं । यसको धेरै जसो कारण उदासी, थकान, असफलता पनि हुन सक्छ ।

यस्तो पुरुषको तुलनामा महिलामा धेरै देख्न पाइन्छ । किनकि धेरैजसो महिला  घरपरिवारका लागि भन्दै बाहिर कामकाज छोडेर बसेका हुन्छन् ।

लामो समय घरकै काममा उल्झिरहँदा त्यस्तो समस्या आउने गर्छ । मानसिक स्वास्थ्यका लागि महिलाले त्यस्तो एक्लोपनबाट बाहिर आउन एकदमै जरुरी हुन्छ ।

त्यसका लागि बिहान उठेर दैनिक रुपमा हिँड्डुल गर्ने र योग कक्षा लिन सकिन्छ ।

यदि तपाईंमा कुनै हिनताबोध वा अन्य केही भावना आइरहेको छ भने कोही दुःखीगरीबको सहयोग गर्नुहोस् । आवश्यक परेकालाई सहयोग गर्दा तपाईंको मन हल्का हुनेछ ।

तपाईं कुनै प्रकारको आफूलाई मनपर्ने खालको तालिम लिन सक्नुहुन्छ । नृत्य, सिलाई, बुनाई जस्ता काममा लाग्दा नयाँ साथी पनि बनाउन सक्नुहुन्छ ।

सुत्नुअघि मोबाइल हेर्नुको साटो कुनै किताब पढ्नुहोस् । किताबलाई साथी बनाउँदा पनि तपाईंलाई धेरै सकारात्मक अनुभूति हुनेछ ।

मानसिक स्वास्थ्यका लागि आफ्नो हेरचाज गर्नु पनि एकदमै जरुरी हुन्छ ।

आफ्नो छालाको सुरक्षा तथा सुन्दरताका लागि पनि केही समय निकाल्नुहोस् । सधैँ आफूलाई विशेष ठान्नुहोस् र अरुसँग आफ्नो तुलना कहिल्यै पनि नगर्नुहोस् । आफूसँग जे छ त्यसमा खुशी हुन सिक्नुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved