एजेन्सी । प्रियंका चोपडा बलिउड मात्र नभएर हलिउडमा पनि चिनिने भइसकेकी छन् । उनले बलिउड छोडेर हलिउड प्रवेश गरेको पनि धेरै वर्ष भइसकेको छ ।
प्रियंका अभिनयसँगै महंगा तथा विलासी जीवनशैलीका लागि पनि चर्चित छन् । उनी अहिले फेरि आफ्नो कपालको स्टाइलले गर्दा चर्चामा छन् । उनको नयाँ हेयरस्टाइलमा लिइएका तस्वीर सामाजिक सञ्जालमा भाइरल छन् ।
तर, उनले कपाल काटेर छोटो बनाउनुको पछाडि पनि कारण छ । उनले छोटो कपाल किन बनाईन् ?
प्रियंकाले आफ्नो नयाँ हेयरकटसँगै घाँटीमा लगाएको गहनाले पनि सबैलाई आकर्षित गरेकी छन् । रिपोर्टअनुसार अभिनेत्रीले लगाएको नेकलेसको मूल्य ३५८ करोड भारुको भएको बताइएको छ । यो हिराको हार हो ।
प्रियंकाले लगाएको नेकलेसको तौल १४० क्यारेट छ र यो बनाउन २८०० घण्टा लागेको थियो । अभिनेत्रीले लगाएको यो नेकलेसको हिरालाई काटेर ७ वटा शेपमा तयार गरिएको छ । उक्त हारमा २० क्यारेटभन्दा धेरै काँचो हिरा प्रयोग गरिएको छ ।
Facebook Comment
Comment