एजेन्सी । स्लीप टकिंग अर्थात निद्रामा बोल्नु । यो एउटा आश्चर्य, अचम्म र रोचक खालको चीज हो । आज हामी निद्रामा बोल्ने समस्याका बारेमा जान्नेछौं ।
स्लीप टकिंगलाई सोमीलोक्वी पनि भनिन्छ । यो निद्रासँग जोडिएको एउटा डिसअर्डर हो । यसमा थोरै बरबराउनेदेखि लिएर एकदमै धेरै कुराकानी गर्नेसम्म हुने गर्छ ।
यो पेरासोमनियाको एउटा रुप हो, जो निद्रा सम्बन्धी डिसअर्डरको एउटा श्रेणी हो, जसमा निद्राका क्रममा असामान्य व्यवहार वा अनुभव हुने गर्छ । यो कम सुत्ने गर्दा पनि हुन्छ । आउनुहोस् जानौं यसका लक्षणहरुका बारेमा ।
- निद्रामा कुरा गर्ने व्यक्ति प्रायः सुतेको समयमा नबुझिने गरी बरबराउनेदेखि लिएर स्पष्ट आवाजहरु निकाल्ने गर्छन् । यस्तो निद्रामा गरिएका कुराकानीहरु कुनै अर्थ नभएका पनि हुन सक्छन् । जो कुराको मानिसको जीवनमा कुनै सरोकार नै हुँदैन ।
- निद्रामा कुरा गर्ने केही शब्द तथा वाक्यांशहरु कहिलेकाँही लयबद्ध तरिकाले पटकपटक बोल्न सक्छन् । निद्रामा कुरा गर्नुका पछाडि अनुभव गरिएका भावनाहरुतिर गरेको इशारा पनि हुन सक्छ । जस्तै रमाइलो गरेको सपना देख्दा साँच्चै हाँस्न थाल्ने ।
- निद्रामा कुरा गर्नुका पछाडि धेरै कारणहरु हुन सक्छन् । कतिपय अवस्थामा मानिस तनाव वा एन्जाइटीको कारणले पनि सपना सम्बन्धी डिसअर्डरहरु हुन सक्छ । कतिपयले दिनभरको क्रियाकलापको कुराकानी पनि बोल्ने गर्छन् । जो एकदमै व्यस्त जीवनशैलीले गर्दा पनि हुन्छ ।
- निद्रामा बोल्ने बानीबाट बच्नका लागि निद्राको एउटा समयतालिका तय गर्नुहोस् । एन्जाइटी वा तनावबाट बच्नुहोस् । सुत्न योग्य वातावरण बनाएर सुत्नुहोस् ।
- त्यस्तै सुत्नु अघि क्याफिन, निकोटिन र अल्कोहलको सेवन गर्नबाट बच्नुहोस् । सुत्नुअघि यस्तो काम गर्नुहोस् जसले निद्रा ल्याउन सहयोग गरोस् । किताब पढ्नु, संगीत सुन्नु, सामान्य योगाभ्यास गर्ने आदि ।
Facebook Comment
Comment