दिउँसोमा निद्रा किन लाग्छ ? जानौं

नेपालभ्युज

दिउँसोमा निद्रा किन लाग्छ ? जानौं

एजेन्सी । दिउँसो वा बिहानको खाना खाएको केहीबेर पछि धेरैजसो मानिसलाई निद्रा लाग्न थाल्छ ।

आखिर दिउँसो यति धेरै निद्राले किन सताउँछ ? आउनुहोस् जानौं दिउँसो निद्रा लाग्नुको कारण ।

बिहानको खाना खाएपछि रगतमा ग्लुकोज बढ्छ र जब यो आफ्नो सामान्य अवस्थामा आउँछ त्यतिबेला दिमाग र मांसपेशीको ऊर्जा थोरै कम हुन्छ । जसले गर्दा दिउँसोमा निद्रा आउन थाल्छ ।

तपाईंले खानामा चामल, पास्ता, ब्रेड वा अन्य उच्च ग्लूकोज भएको खाना खानुभएको छ भने रगतमा सुगर तीव्र गतिमा बढ्छ । यसले ऊर्जा कम हुन्छ र निद्रा आउन थाल्छ ।

धेरै भोजन गर्दा त्यसलाई पचाउन धेरै ऊर्जाको आवश्यकता पर्छ र पाचनतन्त्रलाई भोजन पचाउन अत्यधिक रगतको आवश्यकता पर्दछ । यसले दिमागसम्म रगत ढिला पुग्छ र निद्रा आउन थाल्छ ।

खाना खाएपछि कहिलेकाँही सेरोटोनिन तीव्र गतिमा बन्छ, जसले व्यक्तिमा सुस्तपन बढ्छ र सुत्न मन लाग्छ । यही कारणले पनि दिउँसोमा निद्रा लाग्छ ।

बिहान धेरै खाना खानुभएको छ भने यसलाई पेटले पचाउन एकदमै मेहनत गर्नुपर्ने हुन्छ । यसले शरीर सुस्त हुन्छ जसले गर्दा निद्रा लाग्छ ।

तपाईंले पानी खासै पिउनुहुन्न भने शरीर डिहाइड्रेट हुन्छ । यसले दिउँसोमा कमजोरी तथा थकान महसुस हुन्छ जसले गर्दा निद्रा लाग्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved