एजेन्सी । महिलाले जानीनजानी महिनावारीका क्रममा केही गल्ती गर्छन् । जसका कारण कयौं समस्या सामना गर्नुपर्ने हुन सक्छ ।
जानौं त्यस्ता के गल्ती छन् जो महिनावारीका क्रममा गर्नु हुँदैन ।
महिनावारीका क्रममा महिलाले एकदमै धेरै कसरत गर्नबाट बच्नुपर्छ । यसक्रममा सक्रिय रहन जरुरी हुन्छ तर धेरै कडा खालको कसरत गर्दा रगत बग्ने समस्या बढ्न सक्छ ।
महिनावारीका क्रममा महिलालाई पेट, कम्मर र शरीरको तल्लो भागमा दुखाई हुने गर्छ । यस्तोमा महिलाले दुखाई कम गर्ने औषधि सकेसम्म खानु हुँदैन । यसको ठाउँमा तपाईंले पेटको सेकाई गर्न सक्नुहुन्छ ।
महिनावारीका क्रममा ऐंठन कम गर्न चिया वा कफी पिउनुहुँदैन । यसले तनाव, रक्तचाप र मुटुको धड्कन बढ्ने खतरा हुन्छ । तपाईं अर्गानिक टी, स्वस्थ जुस आदिको सेवन गर्न सक्नुहुन्छ ।
कतिपय महिलाको रगतको फ्लो एकदमै कम हुन्छ । यस्तोमा उनीहरुले प्याड खराब हुँदासम्म पर्खिन्छन् । यस्तो गर्नु हुँदैन । महिनावारीका क्रममा नियमित समयमा प्याड परिवर्तन नगर्दा संक्रमणको समस्या हुन सक्छ ।
कतिपय महिला महिनावारीको क्रममा आउने गन्धका कारणले सुगन्धित सामग्रीको प्रयोग गर्छन् । यस्तो गर्नबाट पनि बच्नुपर्छ । यसले योनीको पीएच लेवल बिग्रन्छ र छालामा संक्रमण हुन सक्छ ।
महिनावारीका क्रममा आफूलाई हाइड्रेट राख्नुहोस् । यसले दुख्ने समस्या कम हुन्छ र रगतको बहाव पनि सही हुन्छ । तपाईंले नरिवल पानी र अन्य ताजा फलको जुस पनि पिउन सक्नुहुन्छ ।
Facebook Comment
Comment