एजेन्सी । हृदय मुद्राको अभ्यास शारीरिक तथा मानसिक स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । यसको नियमित अभ्यासले विभिन्न रोगहरूसँग लड्ने क्षमता प्रदान गर्छ । यसबाट पाइने फाइदाहरूका बारेमा आज विस्तारमा जानौं–
- हृदय मुद्रा नाम जसरी नै यो मुटुका लागि फाइदाजनक हुन्छ । यसको अभ्यास गर्नाले रक्तचाप नियन्त्रणमा रहन्छ । साथमा यसले मुटुमा अक्सिजनको प्रवाहलाई राम्रो बनाउँछ ।
- दैनिक हृदय मुद्राको अभ्यास गर्नाले मांसपेशीहरू बलियो हुन्छन् । साथमा रक्तसञ्चार राम्रो तरिकाले हुन्छ ।
- हृदय मुद्राले तनावलाई कम गर्न सहयोग गर्छ । यसको नियमित अभ्यास गर्दा दिमाग शान्त रहन्छ ।
- यसको अभ्यास गर्दा पाचन प्रणाली पनि राम्रो हुन्छ । यसले ग्यास अपच र कब्जियत जस्ता समस्याबाट छुट्कारा पाउन सकिन्छ ।
- हृदय मुद्रा योग गर्दा अनिद्राको समस्या पनि कम हुँदै जान्छ । यसको नियमित अभ्यासले राम्रो निद्रा ल्याउन सहयोग गर्छ ।
हृदय मुद्रा गर्नका लागि बज्रासनमा बस्ने र दुवै हातलाई घुँडामाथि राख्ने । अब आँखालाई बन्द गर्दै गहिरो स्वास लिनुहोस् । यसमा औंलाको पोजिसनलाई पनि मिलाउनु पर्छ ।
Facebook Comment
Comment