काङ्ग्रेस ८० सिट हाराहारीमा झर्न तयार भयो, अब सहमति हुन्छ : प्रचण्ड

उम्मेदवारको मनोनयन भएकै दिन संसदको आयू सकिने भनाई

प्रचण्डले गठबन्धन गरेर चुनावमा जाँदा काङ्ग्रेसले एक सय सिटको अडान त्यागेकाले अब सहमति हुने बताए । प्रचण्डका अनुसार कांग्रेस प्रतिनिधिसभामा ८० सिट हाराहारीमा चुनाव लड्न तयार भएको छ ।

नेपालभ्युज

काङ्ग्रेस ८० सिट हाराहारीमा झर्न तयार भयो, अब सहमति हुन्छ : प्रचण्ड

काठमाडौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिट बाँडफाँटमा नेपाली काङ्ग्रेस १ सय सिटको अडानबाट पछि हटेको दाबी गरेका छन् ।

धनगढीमा मंगलबार विहान पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डले गठबन्धन गरेर चुनावमा जाँदा काङ्ग्रेसले एक सय सिटको अडान त्यागेकाले अब सहमति हुने बताए । प्रचण्डका अनुसार कांग्रेस प्रतिनिधिसभामा ८० सिट हाराहारीमा चुनाव लड्न तयार भएको छ ।

“काङ्ग्रेस एक सयबाट ८० सिट वरपर झरेको छ, हामीले पनि ६० सिटकै अडान राखेका थियौं । त्यसलाई त्यागेर केही तल मानेका छौं ।” संचारकर्मीको जिज्ञासामा उनले भने,”एकिकृत समाजवादी र जनता समाजवादी पार्टीले २५-२५ सिट मागेका थिए त्यसमा केही कम गरेर अब यो मिल्नेतिर गएको छ ।”

प्रचण्डले भोलि बुधबार बेलुकासम्म सबै सहमति हुने दाबी पनि गरे । केही नमिलेका विषय शिर्ष नेता बसेर टुङ्गो लगाउने उनको भनाई छ ।

अर्को प्रसंगमा प्रचण्डले संसदको आयू एक दिन पनि नथपिने बताए । मनोनयन दर्ता भएकै दिन संसद र सांसदको आयू सकिने भन्दै उनले यसमा शंका नगर्न आग्रह गरे । “केहि प्राविधिक विषय मिलाउनको लागि विधेयकमा आयू लम्बाउने कुरा गरिएको रहेछ तर गठबन्धनको बैठकमा नै त्यसलाई अघि नबढाउने सहमति भयो ।” प्रचण्डले भने ।

प्रचण्डले आफू चितवन क्षेत्र नम्बर ३ बाटै उठने स्पष्ट पारे । उनले भने, ‘धेरैतिरबाट सिफारिस भए पनि म चितवन ३ बाटै लड्ने हो । धेरै डुलिंसके अब चितवन नै हो मेरो ।’

उनले चुनावपछि आन्दोलनमा जाने भनि दिएको अभिव्यक्तिको बचाउ गरे । अहिलेको निर्वाचन प्रणाली र शासकिय स्वरुप जनताको पक्षमा नभएकाले फेर्नका लागि आफूले त्यसो भनेको उनको भनाई छ । प्रचण्डले भने, ‘यहि प्रणालीका कारण भ्रष्टाचार मौलाइरहेको छ । यि दुवै सुधार गर्नुपर्छ । संविधानसभामा पनि फरक मत राखेका हौं । त्यसैले अहिले हामीलाई आन्दोलनको कुरा गर्ने अधिकार छ ।’

प्रचण्डले चुनावपछि गठबन्धनबाट को प्रधानमन्त्री बन्छ भन्ने संचारकर्मीको जिज्ञासामा त्यसबारे अहिलेसम्म केही तय नभएको जनाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved