माओवादी पार्टीभित्रै नेताहरूको बोलचाल छैन : प्रचण्ड

यस्तो पार्टी चलाइराख्नु भन्दा कहिलेकाँही त विघटन गरौं कि जस्तो लाग्छ

‘यस्तो स्वार्थ समूह भएको पार्टी चलाइराख्नु भन्दा मार्क्सले इन्टरनेसनल विघटन गरे जस्तो गरौं कि भन्ने लाग्ने छ ।’ उनले भने, ‘गुटबन्दी गर्नेले बोलीमा प्रचण्ड नै हाम्रो नेता हो भन्ने गरेको तर, व्यवहारमा चाहिँ प्रचण्डभन्दा त म ठूलो हो भने जस्तो गर्ने गरेका छन् ।’

माओवादी पार्टीभित्रै नेताहरूको बोलचाल छैन : प्रचण्ड

सुर्खेत । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पार्टीमा स्वार्थ समूहको गुटबन्दी रहेको बताएका छन् । शुक्रबार सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीको गुटबन्दी देखेर बेलाबला आफू समेत हैरान हुने गरेको बताए ।

‘यस्तो स्वार्थ समूह भएको पार्टी चलाइराख्नु भन्दा मार्क्सले इन्टरनेसनल विघटन गरे जस्तो गरौं कि भन्ने लाग्ने छ ।’ उनले भने, ‘गुटबन्दी गर्नेले बोलीमा प्रचण्ड नै हाम्रो नेता हो भन्ने गरेको तर, व्यवहारमा चाहिँ प्रचण्डभन्दा त म ठूलो हो भने जस्तो गर्ने गरेका छन् ।’

पार्टीका नेताहरूको बीचमा बोलचाल नभएको र कार्यकर्ता विभाजित भएको प्रचण्डले खुलासा गरे । ‘पार्टीमा यही गुटबन्दी, स्वार्थ समूह, व्यक्तिवादलाई रोक्नु चुनौती छ ।’ उनले भने,‘यी सबै गुटबन्दी स्वार्थका लागि गरेका छन् ।’

प्रचण्डले आन्तरिक गुटबन्दीका कारण पार्टी चुनावमा पछि परेको गुनासो पनि गरे । स्थानीय निर्वाचनमा पाएको मतबाट सन्तुष्ट हुन नसकिने भन्दै उनले पार्टीले १७५ पालिका जित्ने आकलन गरेपनि १२२ मा सीमित भएको बताए । उनले  भने, ‘आन्तरिक अन्तरविरोध व्यवस्थापन गर्न नसक्दा ५० भन्दा बढी जित्न सक्ने सिट गुमायौं ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved