कर्णाली राजमार्ग ३६ घण्टा अवरुद्ध हुने

नेपालभ्युज

कर्णाली राजमार्ग ३६ घण्टा अवरुद्ध हुने

सुर्खेत । कर्णाली राजमार्गका दुई ठाउँमा ३६ घण्टा अवरुद्ध हुने भएको छ । कर्णाली राजमार्गमा बनेका पक्की पुलको भार क्षमता जाँच गर्नका लागि राजमार्ग अवरुद्ध गर्न लागिएको हो ।

कर्णाली राजमार्ग अन्तर्गतको दैलेख आठबीस नगरपालिका–५ घट्टेखोला पुल र कालिकोट नरहरिनाथ गाउँपालिका–८ को कर्णाली नदीमा बनेको पक्की पुलको भार क्षमता जाँच गर्नका लागि ३६ घण्टा कर्णाली राजमार्ग अवरुद्ध हुने भएको छ ।

सडक डिभिजन कार्यालय जुम्लाको पत्र अनुसार घट्टेखोलामा बनेको पक्की पुल भार क्षमता जाँच गर्नका लागि भदौ ७ गते मंगलबार बिहान ६ बजेदेखि करिब ३६ घण्टा बन्द हुने जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ ।

त्यस्तैै, कर्णाली नदीमा बनेको पुलको लोड टेस्ट गर्नका भदौं ९ गते (बिहीबार) बिहान ६ बजेदेखि करिब ३६ घण्टा कर्णाली राजमार्ग बन्द रहने जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ ।

सडक डिभिजन कार्यालय, जुम्लाले अनिवार्य पुलको टेस्टिङ गर्नुपर्ने भएकाले कर्णाली राजमार्ग अवरुद्ध हुने भएको जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए । ‘प्राविधिक रूपले पुलका भार क्षमता जाँच गर्नुपर्ने रहेछ ।’ उनले भने–‘भार क्षमता जाँच गर्न यातायात साधन बन्द गर्नुपर्ने भएका कारणले कर्णाली पुल र घट्टेखोला पुल क्षेत्रमा यातायात बन्द हुनेछन् ।’

पक्की पुलको टेस्टिङको समयमा कर्णाली राजमार्गको दुवै तर्फको आवतजावत व्यवस्थापन गर्न आदेश गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखका प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले बताए । ‘यस विषयमा जिल्ला प्रशासन कार्यालय कालिकोट, सुर्खेत, जुम्ला र मुगुलाई जानकारी दिइएको छ ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved