पुस्तकलाई सास फेर्न दिनुहोस्

पठन–संस्कृतिलाई पछ्याउनेहरूले त अचेल आफ्नै घरमा मिनी पुस्तकालय राख्नसमेत थालेका छन्। त्यसो गर्दा कुनै सन्दर्भ–सामग्री खोज्न सार्वजनिक पुस्तकालय धाइरहनु नपरोस्। घरमै बसीबसी सन्दर्भ–सामग्रीहरू पाइन्छ। तर पुस्तक संकलन गर्नु वा पुस्तकालय बनाउनु मात्र ठुलो कुरा होइन, तपाईँले पुस्तकलाई माया पनि गर्न सिक्नुपर्छ। पुस्तकलाई कसरी माया गर्ने ?

नेपालभ्युज

पुस्तकलाई सास फेर्न दिनुहोस्

तपाईँ पुस्तक अध्ययनमा सौखिन हुनुहुन्छ भने पक्कै पनि घरमा पुस्तक वा पत्रपत्रिकाहरू संकलन गर्नुभएको हुनुपर्छ। अझ कुनै विधामा पोख्त बन्न चाहनु हुन्छ भने सम्बन्धित विधा–विषयका पुस्तकको त तपाईसँग राम्रै संकलन हुनुपर्छ।

पठन–संस्कृतिलाई पछ्याउनेहरूले त अचेल आफ्नै घरमा मिनी पुस्तकालय राख्नसमेत थालेका छन्। त्यसो गर्दा कुनै सन्दर्भ–सामग्री खोज्न सार्वजनिक पुस्तकालय धाइरहनु नपरोस्। घरमै बसीबसी सन्दर्भ–सामग्रीहरू पाइन्छ। तर पुस्तक संकलन गर्नु वा पुस्तकालय बनाउनु मात्र ठुलो कुरा होइन, तपाईँले पुस्तकलाई माया पनि गर्न सिक्नुपर्छ। पुस्तकलाई कसरी माया गर्ने ?

१० वटा महत्वपूर्ण सुझाव, केवल तपाईँका निम्तिः

१. सुन्दा अनौठो लाग्ला, कतै पुस्तकले पनि सास फेर्छ। हो, फेर्छ नि। किताबलाई सास फेर्न दिनुहोस्। दराजमा किताबलाई खादाखादा गरेर कहिल्यै नराख्नुस्। दराजको खण्डहरूमा जति किताब सहज रुपमा अट्छन्, त्यति मात्रै राख्नुहोस्।

२. किताबलाई खुला दराजमा नराख्नु होस्। खुला दराजमा राख्दा धूलो र चिसोको कारण किताब चाँडै सड्न पुग्छ।

३. किताब कति वजनदार छ, त्यस हिसाबले छुट्टाछुट्टै राख्नु होस्। जस्तैः मोटो गाता (हार्डकभर) भएको किताबलाई एक ठाउँ (लहर) मा राख्नुस् र पातलो गाता (सफ्टकभर) लाई एक ठाउँमा राख्नुस्।

४. किताब राख्नका लागि सिसाको आलमारीलाई रोज्नुस्। किनभने तपाईँले बाहिरबाटै किताब देख्न सक्नु हुनेछ। त्यसो हुँदा कुन किताब कहाँ छ, तपाईँले थाहा पाउनु हुनेछ र किताब खोज्ने झन्झट रहने छैन।

५. आलमारीमा निमका पातहरूका साथै नेप्थलीन बल्स राख्नुस्।

६. आलमारीमा धूलो जमेको छ वा फोहोर भएको छ भने चिसो कपडाले नपुछ्नुस्। सुख्खा कपडाले पुछ्नुस्। किनभने चिसो कपडाले किताबलाई खराब तुल्याउन सक्छ।

७. हरेक तीन–तीन महिनामा केही घण्टाका निम्ति किताबलाई घाममा राख्नुस्।

८. वर्षाद्को समयमा किताबको वरिपरि पत्रिकाहरू राख्नुस्। किनभने पत्रिकाले चिसोलाई सोस्दछ र किताबको सुरक्षा हुन्छ।

९. यदि कुनै किताबमा सिल्भर फिस देख्नुभयो भने त्यसलाई तुरुन्त अर्को किताबबाट अलग तुल्याउनु होस्।

१०. किताबको आलमारीलाई कहिल्यै पनि घरको भित्तासँग टँसाएर नराख्नु होस्।
००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved