सडकको सम्पुर्ण अवरोध हट्यो, २८४ गाडी फोहोर पुग्यो बञ्चरेडाँडा

नेपालभ्युज

सडकको सम्पुर्ण अवरोध हट्यो, २८४ गाडी फोहोर पुग्यो बञ्चरेडाँडा

काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर बोकेर २८४ गाडी बञ्चरेडाँडा पुगेका छन् । सडकमा भएको सम्पुर्ण अवरोध हटेपछि सो संख्यामा फोहोर बोकेका गाडी बञ्चरेडाँडा पुगेको काठमाडौं महानगरका मेयर बालेनले शाहले सामाजिक संजालमार्फत जानकारी दिए ।

उनले भनेका छन्,  ‘सडकमा अहिले भइरहेको सम्पूर्ण अवरोध हटेका छन् । आज मात्रै २८४ गाडी फोहोर बन्चरेडाँडा पुगेका छन् । यही कायम रहिरहेमा केही दिनमा नै सबै फोहोर उठिसक्ने छ ।’

आफूहरूसँग सीमित फोहोर बोक्ने ट्रक रहेको उल्लेख गर्दै उनले सहयोगको लागी आग्रह समेत गरेका छन् । उनले भने, ‘हामीसँग सीमित मात्रामा फोहोर बोक्ने ट्रकहरू रहेका छन् । टिपर, ट्रकजस्ता ठूला मेसिनरीका व्यवसायीको सहयोगले मात्रै छोटो समयमा धेरैभन्दा धेरै फोहोर उठाउन सकिन्छ ।’

उनले आफूहरूको आग्रह स्वीकारेर फोहोर ढुवानी गर्न सहयोग गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल टिपर तथा ट्रक व्यवसायी समिति, गाडी चालक, सहयोगीलगायत सम्बद्ध सबैप्रति आभार प्रकट गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved