गगनको अपिल- फोहोर फाल्न अवरोध नगर्नुस्, हल खोज्न मद्दत गर्नुस्

नेपालभ्युज

काठमाण्डौं ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाण्डाैं उपत्यकाकाे फाेहर विसर्जनमा पार्टीकाे तर्फबाट अवराेध नगर्न अपिल गरेका छन् ।  केही दिनयता सिसडोल र बञ्चरेडाँडा ल्यान्डफिल्ड साइटमा फाेहर विसर्जनका क्रममा अवराेध भइरहेकाे भन्दै उनले बुधबार समाजिक संजाल मार्फत्  यस विषयमा हल खाेज्न मद्दत गर्न अपिल गरेका हुन् ।

उनले भनेका छन्, ‘नेपाली कांग्रेस पार्टीको तर्फबाट पालिकाकाे नेतृत्वलाई कोही पनि साथी अवरोधमा संलग्न नहुन भनिसकिएको छ । पार्टीको जिम्मेवार पदाधिकारीको नाताले पुनः खुला आह्वान गर्न चाहन्छु- पार्टीको कुनै पनि तहको कोही पनि साथी अवरोधमा संलग्न नहुनुहोस्, समाधानका लागि सक्रिय हुनुहोस् । अन्य राजनीतिक दलका स्थानीय नेता र कार्यकर्तालाई पनि आग्रह छ- अवरोध होइन यो विषयमा हल खोज्न मद्दत गर्नुहोस् ।’

उनले काठमाण्डाै फोहरले अस्तव्यस्त भएको र यही अवस्था अझ केही दिन रहेमा महामारी फैलन सक्ने सम्भावना रहेकाेले सचेत पनि गराएका छन् ।

सम्झौता कार्यान्वयनमा कहाँ कहाँ समस्या भए, कहाँ कमजोरी भए समीक्षा गरौँ, सँगै मिलेर कार्यान्वयनका लागि दबाब दिऔँ, सबैले सहयोग गरौँ, समाधान निकालौँ।’ उनले भनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved