प्रिय कथा

दृष्टि र घनघोर जङ्गल

यो रामायणबाट साभार गरिएको कथा हो। यसलाई पुनः उद्धृत गर्नुपर्नाको कारण के हो भने तपाईँसँग रामायणको त्यो प्रति नहुन सक्छ, जसमा यो कथा अक्षरांकन गरिएको छ। त्यति बेला हातैले लेख्नुपर्थ्यो अतः रामायणका धेरै प्रतिहरू हुन सकेनन्। यही कारण हो मौका छोपी कथालाई पुनः प्रसारण गर्नुपरेको।

दृष्टि र घनघोर जङ्गल

(रचनागर्भ– एउटा स्रष्टालाई आफ्ना सबै रचना प्रिय लाग्छ। यो प्रियता एकप्रकारले आमाबाबुको सन्तानप्रतिको मोह जस्तै हो। तर जम्मै सन्तान उस्तै हुन्न भनेजस्तै सबै रचना पनि उस्तै हुन्न। यो सत्य हो। तथापि केही रचना खास कारणले प्रिय हुन्छन् नै।
‘दृष्टि र घनघोर जङ्गल’ मलाई विशेष लागेको कथा हो यो।

रामायणमा सुनको मृग देखिनु, त्यसप्रति सीता लोभिनु, त्यसको सिकार गर्नु, मृगले हे राम भनेर मृत्युवरण गर्नु र त्यसबाट सीतालाई भ्रम हुनु जस्ता प्रसङ्ग सुन्दा बडो रमाइलो लाग्थ्यो। तर मलाई निकै प्रभाव परेको चाहिँ सुनको मृगलाई लखेट्दै जानु हो। त्यही एउटा कुराले मलाई धेरै पछिसम्म दिमागमा हिट गरिरह्यो। आजको मान्छे भौतिक लालसा र पैसाका पछाडि दौडिरहेको विम्बले मलाई यो कथा लेखायो।
रामायणमा सुनको मृग सुन्दर स्वैरकल्पना थियो। तर आजको वर्तमानमा सुनको मृग कटु यथार्थ हो। जीवनको प्रत्यक्ष सत्य हो।)

यो रामायणबाट साभार गरिएको कथा हो। यसलाई पुनः उद्धृत गर्नुपर्नाको कारण के हो भने तपाईँसँग रामायणको त्यो प्रति नहुन सक्छ, जसमा यो कथा अक्षरांकन गरिएको छ। त्यति बेला हातैले लेख्नुपर्थ्यो अतः रामायणका धेरै प्रतिहरू हुन सकेनन्। यही कारण हो मौका छोपी कथालाई पुनः प्रसारण गर्नुपरेको।

घटना रामको बिहेपछिको हो।

राम भनेपछि तपाईँले चिन्नु भो होला। हजुर ! उही हो। चिन्नुभएन ? खैर नचिन्नुभए पनि केही फरक पर्दैन। अब चिन्नुहोला।

बिहा भर्खरै भएको थियो। जीवनमा एकपल्ट गरिने विवाहले रामलाई एउटा नौलो एवं आश्चर्यित तुल्याइरहेको थियो। एक त त्यो विवाह सामान्य तौरतरिकाबाट भएको पनि थिएन, दोस्रो विवाहका लागि उसको बैंस निकै लालायित पनि थियो। विवाहित जीवन विगत जीवनको तुलनामा धेरै भिन्न अनुभूति भइरह्यो। केही दिनसम्म एक प्रकारको सम्मोहन र भाङधतुरोभन्दा भिन्न खालको नशाले लट्ठ भइरह्यो।

तिनीहरू जङ्गलनजिकको गाउँमा बस्थे। बस्ती सानै थियो, परिवेश सीमित थियो तर जीवनका चाहनाहरू मैदानको खोलाझैँ किनाराहीन हुँदै थिए। एक दिन तिनीहरू घरमा मात्र बस्ताबस्ता वाक्क भएर त्यस झमेलाबाट मुक्त हुन डुल्न बाहिर निस्के। वातावरण सुन्दर, शान्त र मनमोहक थियो। आकाश पूर्णतः खुला थियो। त्यहीँ सानो चौरमा पल्टेर तिनीहरू एकअर्काको मुख ताक्दै प्रेमालापमा मग्न हुन थाले। दुवैलाई यतिखेर एकअर्काको अनुहार सारै सुन्दर, चित्ताकर्षक एवं मोहनी लागेको भान भइरह्यो। राम सीताको अनुहार हेर्दै टोलाउन थाल्यो किनभने त्यहाँ उसले बिहेभन्दा अगाडि नदेखेको पूरै बगैँचा थियो। एउटा पूरै वसन्त देख्यो। घरमा कुनै बारी थिएन। त्यसैले कौसीमा राखिएका गमलाहरूमा कहिलेकाहीँ सौन्दर्य खोज्नुपर्थ्यो। एकनाससँग आफूलाई हेर्दै टोलाइरहेको रामलाई देखेर सीता लाजले भुतुक्क भई।

‘छिः त्यस्तरी के हेर्नुभएको ?’ सीता सुस्तरी मनमोहक तवरले हाँसी।

जङ्गलमा पशुपन्छीहरू यताउति चहकिँदै कुदिरहेका थिए। पर कतै खोलाको मीठो सुसाइ यहाँसम्म गुन्जिरहेको छ। एउटा मनमोहक वातावरण उनीहरूको अगाडि सुन्दर पुस्तकझैँ पल्टिएको छ। प्रकृतिको अनुपम सौन्दर्यलाई ज्यादा चित्ताकर्षक उनीहरूको प्रेमालापले दिइरहेछ।

जङ्गलमा पशुपन्छीहरू यताउति चहकिँदै कुदिरहेका थिए। पर कतै खोलाको मीठो सुसाइ यहाँसम्म गुन्जिरहेको छ। एउटा मनमोहक वातावरण उनीहरूको अगाडि सुन्दर पुस्तकझैँ पल्टिएको छ। प्रकृतिको अनुपम सौन्दर्यलाई ज्यादा चित्ताकर्षक उनीहरूको प्रेमालापले दिइरहेछ।

घटना यसै बेलाको हो।

यसै बेला त्यहाँ सुनको मृग नाच्दै कुद्दै आयो। राम सीताको मुख ताक्नमै व्यस्त थियो। उसको नारी सुलभ मोहनी अनुहारले राम मन्त्रद्वारा आबद्ध कुनै सजीव मूर्तिझैँ देखियो। तर सीताको दृष्टि भने रामबाट हटेर सुनको मृगमाथि लगातार परिरह्यो। चञ्चल स्वभावको मृग कहिले यता कहिले उता बुद्रुकबुदु्रक उफ्रँदै मानौँ सबैको दृष्टिपातभित्र पर्न प्रयत्नरत थियो। सीता धेरैबेरदेखि त्यसलाई हेर्दै मुग्ध भइरही।

‘आहा ! कति राम्रो !’ धेरैबेरपछि उसको मुखबाट अनायास उद्गार निक्ल्यो। अँध्यारोमा पूर्णचन्द्र देखेझैँ लगातार शीतलताको अनुभूति भइरह्यो। साँच्चै नै त्यो निकै आकर्षक एवं लोभलाग्दो देखिन्थ्यो। सर्वाङ्ग पहेँलो रङ जुन टलक्कटलक्क टल्किरहेको थियो। कुनै व्याधालाई समेत मुग्ध पारी बाण हान्नबाट बच्ने सामर्थ्य त्यसमा भएको सहज अनुमान गर्न सकिन्थ्यो। लगत्तै सीताको मनमा त्यसलाई प्राप्त गर्ने उत्कट चाहना लहलहाउन थाल्यो।

ऊ त्यसलाई पाउन आतुर भई।

राम आफ्नै सुखमा अत्यन्त निमग्न थियो। सीताको अनुपम सौन्दर्यले उसको दृष्टि बाँधिएको थियो। सांसारिक मोहबाट अलग्गिएको थियो। वरिपरिको परिवेशसँग मानौँ यतिखेर उसलाई कुनै सरोकार नभएझैँ। उसको जीवनको लक्ष्य सीताको प्राप्तिबाहेक अरू केही होइन जस्तो अनुभव हुन्थ्यो। त्यसैले त अगाडि निकैबेरदेखि अनुपम रूपको सुनको मृग देख्दा पनि त्यसप्रति पटक्कै ध्यान पुर्‍याउन सकेन। त्यो मृग प्राप्त गर्न सके जीवन अझ सुखमय एवं सफलीभूत हुन सक्ने कुरा पनि सम्भवतः सोच्न सकेन।

तर सीता यस प्रकारले सोचिरहेकी थिइन। उसको लागि जीवन भन्नु रामसँगको सहवास मात्र होइन। पुरुषबाहेक जीवनका यावत् आवश्यकताहरूको परिपूर्ति एउटा अनिवार्य सत्य हो।

यसर्थ उसले रामलाई घच्घच्याई।

‘किन ?’

सीताले सुनको मृगतिर औँला तेर्स्याई र आफ्ना सम्पूर्ण नारी सुलभ हावभावले त्यो ल्याउने निवेदन गरी। मृग साँच्चीकै चित्ताकर्षक थियो। रामको मनमा पनि लाग्यो– त्यसलाई पक्रन पाए…। रामलाई आफ्नो भन्दा बढी माया सीताको थियो। अतः सीताको इच्छापूर्ण गर्नु उसको कर्तव्य हुन आयो। एक प्रकारले स्वास्नीका आवश्यकताहरूको परिपूरक नै लोग्ने हो। अर्को त्यो सामान्य मृग पनि त थिएन, सुनको थियो। लोभ र तृष्णा जीवनको छाया हो अँध्यारोमा नदेखिँदा पनि जसलाई नकार्न सकिँदैन। अर्कोतिर उसलाई शंका पनि लाग्यो– त्यो कसैको पो हो कि ! हो भने त चोरीको आरोप लाग्न सक्छ।

‘जानुस् न छिटो…।’

राम अनिच्छुक तवरले उठ्यो। उसलाई यति छिट्टै उठ्ने मन थिएन। सीतासँगको सामीप्यबाट उपलब्ध आनन्दानुभूति अझै पुगेको थिएन। उसले चारैतिर नियाल्यो– कतै कोही छ कि भनेर। मृग निश्चित भएर जङ्गलमा विचरण गरिरहेकै थियो।

उसले मृगलाई हेर्‍यो। मृग झन् त्यसमाथि सुनको। त्यसको बहुमूल्यता कल्पना गर्नासाथ उभित्र पनि त्यसलाई प्राप्त गर्ने लालसा जाग्यो। जन्तुहरूमा मृग, वस्तुहरूमा सुन प्राप्त गर्ने रहर कसलाई नहोला। यहाँ त दुवै एकाकार भएर आएको छ।

उसले मृगलाई हेर्‍यो। मृग झन् त्यसमाथि सुनको। त्यसको बहुमूल्यता कल्पना गर्नासाथ उभित्र पनि त्यसलाई प्राप्त गर्ने लालसा जाग्यो। जन्तुहरूमा मृग, वस्तुहरूमा सुन प्राप्त गर्ने रहर कसलाई नहोला। यहाँ त दुवै एकाकार भएर आएको छ।

ऊ बिस्तारै अगाडि बढ्यो र मृगलाई च्याप्प समात्न पुग्यो। निसाना चुकेर पुच्छर छोएको मात्र के थियो मृग फुत्त उफ्रेर भाग्यो। उसले मृगको कोमलता र चिप्लोपनलाई एकचोटि अनुभव ग¥यो। फेरि प्रयास ग¥यो– जीउमा छोयो मात्र तर हातमा आएन। मृग त माछोझैँ चिप्लो पो रहेछ– हातमा पर्दापर्दै त्यसै फुत्किहाल्ने।

ऊभित्र विश्वास जाग्यो– आफैँप्रति। त्यसको आवश्यकता बोध पनि भयो– उसले त्यस मृगलाई अवश्य समात्नुपर्छ।

अगाडि बढेर उसले पुनः प्रयास गर्‍यो। यसपालि पनि हातमा आएन। एवं रीतले ऊ कहिले सिङमा छुन्थ्यो, मैले पुच्छर समात्न पुग्थ्यो। तर राम्ररी समाउन पाएको हुँदैनथ्यो मृग त कुनै धूर्त स्यालझैँ उम्केर छलेर भागिहाल्थ्यो। माछोझैँ फुत्किहाल्थ्यो।

मृग भने मानौँ आफूलाई कसैले पक्रन खोज्दै छ भन्ने कुराबाट निश्चिन्त कुद्दै, उफ्रँदै गइरहेछ। सुनौलो मृगको यो चाल, उफ्राइले राम झन्झन् मुग्ध हुँदै गयो र ऊभित्र त्यसलाई प्राप्त गर्ने इच्छा पनि उग्र हुँदै गयो।

मृग निकै पर पुग्यो। राम पनि निकै पर पुग्यो। उसको घर, आँगन, पत्नी र पारिवारिक संसार पछाडि प¥यो। तर सर्वाङ्ग सुनौलो मृग हात पार्ने उसको लक्ष्य झन्झन् निकटस्थ भइरह्यो।

मृग अपट्टे वनभित्र पस्यो।

राम अलि थाक्यो। उसको अगाडि घर फर्कूँ या वनभित्र सुनको मृग खोज्न पसूँ अन्योलको विषय खडा भयो। मृग समात्न पुगूँ घरमा स्वास्नी एक्ली। रित्तै फर्कूँ– लाछी होइने डर।

उसलाई लाग्यो घर फर्कनुभन्दा महत्त्वपूर्ण कुरा हो– सुनको मृग हात पार्नु। सुनको मृग हात पार्नु भनेको जीवनको सुख र उपलब्धिहरूको सिलसिलालाई अटुट बनाउनु र जीवनलाई चिन्तामुक्त बनाई निर्धक्कसँग गुजार्नु।

उसलाई लाग्यो घर फर्कनुभन्दा महत्त्वपूर्ण कुरा हो– सुनको मृग हात पार्नु। सुनको मृग हात पार्नु भनेको जीवनको सुख र उपलब्धिहरूको सिलसिलालाई अटुट बनाउनु र जीवनलाई चिन्तामुक्त बनाई निर्धक्कसँग गुजार्नु।

सुवर्ण मृग जङ्गलभित्र कहिले विलुप्त हुन्थ्यो त कहिले हातले छोइएला झैँ गरेर अगाडि देखा पर्दथ्यो। एवं प्रकारले मृग र राम जङ्गलबाट एकाएक विशाल नगरमा आइपुगे। अग्ला अग्ला घरहरू जहाँबाट घाम भुइँमा नटेकी दिनको यात्रा टुङ्ग्याउँछ। फराकिला चिप्ला सडकहरूमाथि व्यस्त अनगिन्ती चिल्ला गाडीहरू, बाटो काट्न पनि घण्टौँ कुर्नुपर्ने, आकर्षक स्थानहरू तथा आँखा र मनलाई बलात् तान्ने अन्य वस्तुहरू निकै थिए त्यहाँ। मानिसहरू पनि उज्याला, चहकिला तथा खाइलाग्दा झैँ देखिन्थे। प्रत्येक कुराहरू हेर्न लायक, छुन लायक एवं भोग्न लायक थिए। एकसाथ यी सम्पूर्ण कुराहरूसँग साक्षात्कार हुँदा राम झस्क्यो, विस्मित भयो र भयो एकदम अवाक्। यो कहाँ आइपुगियो विचित्रको स्वप्ननगरीमा। चारैतिर सम्मोहनले ढपक्कै ढाकिएको जस्तो…।

केहीबेरपछि उसको चेतना फक्र्यो। झल्याँस्स बिउँझेर हे¥यो– सुवर्ण मृग ! तर त्यो कता हो कता लुप्त भइसकेको थियो। अर्को आश्चर्य ! अलि पर उसले देख्यो– सुवर्ण मृग। त्यहाँ सुवर्ण मृग एउटा मात्र थिएन असङ्ख्य थिए। अब निस्फिक्रीसँग चरिरहेका थिए। प्रत्येक तह र वर्गका मान्छेहरू सुवर्ण मृगपछिल्तिर दौडिरहेका थिए– पक्रन।

उसको भय हरायो।

ऊ पनि सुवर्ण मृग भएतिर दौडियो। यसपालि ऊ गाउँदेखि पछ्याउँदै आएको त्यो दुब्लो र सानो मृगलाई होइन छानेरै ठूलो स्वर्ण मृगतिर लम्क्यो र ऊ मान्छेहरूको हूलभित्र मिसियो। अब ऊ पनि भीडकै एउटा अङ्ग हुन पुग्यो। भीडमा उसको अनुहार पनि लुप्त भयो।

कथंकदाचित् अब तपाईँले रामलाई देख्नुभयो भने पनि चिन्न अवश्य सक्नुहुने छैन। त्यसो त तपाईँले रामलाई मात्र होइन, लक्ष्मण, भरत, शत्रुघ्न कसैलाई चिन्न सक्नुहुने छैन यस सहरमा।

यता गाउँमा सीता रामलाई पर्खँदै हिउँदहरू बिताइरहेकी छे। घरीघरी उसको दृष्टि राम र सुवर्ण मृग ओझेल भएको मोडमा पुग्थ्यो र अल्झिरहन्थ्यो। तर यथार्थ सधैँ भोकाएको बेला रित्तो थालझैँ जिस्क्याउन आउँथ्यो।

सीताको दृष्टि आज पनि त्यही घनघोर जङ्गलमा अड्किएको छ, त्यही मोडमा अल्झिएको छ। जहाँ राम सुवर्ण मृगलाई पछ्याउँदै कुनै अनकन्टार सहरमा हराउन पुगेको थियो।
००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved