हालसम्म आयोगमा ४० दल दर्ता

नेपालभ्युज

हालसम्म आयोगमा ४० दल दर्ता

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि हालसम्म ४० वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गरेका  छन् ।

हालसम्म ठूला दलमध्ये नेकपा एमालेले मात्र  दल दर्ता गराएको छ ।  नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने दल दर्ता गराएका छैनन्।

यतिबेला आयोगमा एकातिर दल दर्ताको काम तिव्ररुपमा  भइरहेको छ भने अर्कोतर्फ आयोग मतदाता नामावली अद्यावधिक, बजेटको आकारसँगै मतदाता शिक्षामा केन्द्रित भएर  लागेको बताइएको छ ।

निर्वाचनका लागि चाहिने सबै तयारीको व्यवस्थापनमा केन्द्रित  रहेको आयोगले बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved