जंगली च्याउ खाएर बिरामी भएका सुनारको उपचारका क्रममा मृत्यु

नेपालभ्युज

जंगली च्याउ खाएर बिरामी भएका सुनारको उपचारका क्रममा मृत्यु

सुर्खेत । गत साउन १७ गते जंगली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेख गुराँस गाँउपालिका–१ का २२ वर्षीया बलबहादुर सुनार रहेका छन् ।

सुनारको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो ।

स्थानीय जंगलबाट च्याउ ल्याएर तरकारी खाएका सुनार र उनकी १९ वर्षीया श्रीमती विमला विक बिरामी भएकोले उपचारका लागि २५ गते कर्णाली प्रदेश अस्पताल सुर्खेतमा भर्ना गरिएकोमा सुनारको आज बिहान मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

श्रीमती विमलाको भने अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved