भारतमा सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शन, एकै खेलमा ५ गोल, प्लेयर अफ दि म्याचको उपाधि

नेपालभ्युज

भारतमा सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शन,  एकै खेलमा ५ गोल,  प्लेयर अफ दि म्याचको उपाधि

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारीले भारतको लिगमा उत्कृष्ट प्रदर्शन गरेकी छिन् ।

केरला महिला लिगमा सावित्रा आवद्द गोकुलम् केरलाले बुधबारको खेलमा केरला युनाइटेडलाई ११-० गोलले हरायो । सावित्राले ५ गोल गरिन् । उनले २७ मिनेटभित्रै ह्याट्रिक गरेकी थिइन् । उनी प्लेयर अफ दि म्याच पनि घोषित भइन् ।

चोटका कारण लामो समय मैदान बाहिर रहेकी सावित्राले भारतको केरला महिला लिग खेलिरहेकी छिन् ।

नेपालकी दीपा न्यौपाने पनि लिग खेल्न केरला पुगेकी छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved