अख्तियारद्वारा तत्कालीन जिविस कालिकोटका खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालभ्युज

अख्तियारद्वारा तत्कालीन जिविस कालिकोटका खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला विकास समितिको कार्यालय कालिकोटका तत्कालीन खरिदार राजबहादुर बमविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बमले उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति अन्तर्गतको कार्यक्रममा झुट्टा बिल बनाई र सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामिना गरेको ठहर गर्दैै अख्तियारले आज उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

दायर गरिएको मुद्दामा उनीसँग २ लाख ३४ हजार ११ रुपैयाँ बिगो दाबी गरिएको छ ।

आर्थिक वर्ष २०७०/७१ मा सञ्चालन भएको उक्त कार्यक्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामिना भएको भन्ने उजुरी परेपछि उनीमाथि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved