अमेरिकी सभामुख पेलोसीले ताइवान भ्रमण गरेमा चीनले सैन्य आक्रमण गर्न सक्ने

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले चीनले न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई सैन्य उक्साहटका साथ जवाफ दिन सक्ने बताएका बीबीसीले जनाएको छ ।

नेपालभ्युज

अमेरिकी सभामुख पेलोसीले ताइवान भ्रमण गरेमा चीनले सैन्य आक्रमण गर्न सक्ने

काठमाडौं। अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेमा चीनले सैन्य आक्रमण गर्न सक्ने सम्भावना रहेको छ । ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले चीनले न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई सैन्य उक्साहटका साथ जवाफ दिन सक्ने बताएका बीबीसीले जनाएको छ ।

चीनले ताइवान नजिकै क्षेप्यास्त्र प्रहार गर्ने वा ठूलो मात्रामा हवाई वा नौसेना गतिविधिहरू समावेश हुन सक्ने उनले बताएका छन् । चीनले पेलोसीले ताइवानको भ्रमण गरेमा कडा जवाफ दिने र यसकाे जिम्मेवार अमेरिका नै हुने चेतावनी दिइसकेको छ ।

अमेरिकी प्रतिनिधि सभाकी सभामुख पेलोसी एसिया भ्रमणमा छिन् । ताइवानी र अमेरिकी मिडियाका अनुसार पेलोसी ताइपेई भ्रमण गर्ने योजनामा ​​​​छिन्, तर अमेरिकी सरकारले पुष्टि गरेको छैन।

ताइवान चीनले आफ्नो भूमि दाबी गरेको छ । चीनले अमेरिकी सभामुख पेलोसी त्यहाँ गइन् भने गम्भीर परिणाम निस्कने चेतावनी दिएको छ। सोमबार चीनका संयुक्त राष्ट्रसंघका दूत झाङ जुनले यो भ्रमणले बेइजिङ र वासिङ्टनबीचको सम्बन्धलाई कमजोर बनाउने चेतावनी दिएका छन् छ।

पेलोसीले लामो समयदेखि चिनियाँ नेतृत्वको आलोचना गर्दैआएकी छिन् । चीनले मानव अधिकारको उल्लंघन गरेको र बेला बेला नरसंहार मच्याउँदै आएको अभिव्यक्तिका कारण उनलाई चीनमा निकै खराब नजरले हेर्ने गरिन्छ  ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved