फिलिपिन्समा शक्तिशाली भूकम्प, ४ जनाको मृत्यु

नेपालभ्युज

फिलिपिन्समा शक्तिशाली भूकम्प, ४ जनाको मृत्यु

काठमाडौं । फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ । सात म्याग्नेच्युड मापन गरिएको  भूकम्पका कारण अहिलेसम्म चारजनाको मृत्यु भएको पुष्टि भएको छ । १ सय भन्दा बढी घाईते भएका छन् ।

लुजोन द्धिपको दक्षिणपूर्वी शहर डोलोरेस क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का ४ सय किलोमिटर टाढाको राजधानी मनिलासहित जापान, ताइवान र चीनमा समेत महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

भूकम्पपछि सुनामीको चेतावनी भने जारी गरिएको छैन्। भग्नावशेषमा पुरिएकाको उद्धार भैरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved