संसदीय विशेष छानबिन समितिले जनार्दन शर्मासँग आज बयान लिँदै

नेपालभ्युज

संसदीय विशेष छानबिन समितिले जनार्दन शर्मासँग आज बयान लिँदै

काठमाडौं। प्रतिनिधिसभाको विशेष छानबिन समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग आज (बिहीबार) बयान लिँदै छ । बिहान ८ बजे शर्मालाई बयानका लागि बोलाएको हो ।

समितिले बुधबार पूर्व अर्थ सचिव रामेश्वर खनाल, शान्तराज सुवेदी र शिशिर ढुङ्गानासँग छलफल गरेका थिए । यसअघि समितिले अर्थ सचिव र राजश्व सचिवसँग बयान लिइसकेको छ। दुवैले आरोप अस्वीकार गरेका छन् ।

बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति बोलाएर करको दर हेरफेरको आरोप लागेपछि सभामुख सापकोटाले असार २२ गते ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरेका थिए । त्यसै दिन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । समितिलाई काम सुरु गरेको मितिबाट १० दिनको समय तोकिएको थियो । असार २८ गते काम सुरु गरेको समितिको कार्यकाल बिहीबार सकिदैछ ।

हालसम्म समितिले अर्थमन्त्रालय पुगेर घटनाको बारेमा जानकारी लिएको थियो। समितिले अर्थ मन्त्रालयमा प्राप्त सीसीटीभी फुटेज रिकभरीका लागि नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाएको छ । त्यसैगरी बजेट निर्माण कार्यमा संलग्न रहेका अर्थमन्त्रालयका अधिकारीहरूसँग जेठ १४ गतेको घटनाको बारेमा जानकारी लिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved