मोहन्याल गाउँपालिकाका अधिकृत ३० हजार घुससहित पक्राउ

नेपालभ्युज

मोहन्याल गाउँपालिकाका अधिकृत ३० हजार घुससहित पक्राउ
सांकेतिक तस्वीर

धनगढी । कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दीपेन्द्र बुढा घुस रकमसहित पक्राउ परेका छन्।

गाउँपालिकाको जिन्सी शाखा प्रमुखका रुपमा कार्यरत बुढा ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन्।

बिउबिजन सामग्रीको रकम भुक्तानीबापत ३० हजार रुपैयाँ कमिशनसहित घोडाघोडी नगरपालिका-१ स्थित होटेल नवरत्नबाट उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जनाएको छ।

घोडाघोडी नगरपालिका-१ स्थित होटेल नवरत्नबाट बिउबिजन सामग्रीको रकम भुक्तानीबापत घुस मागेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved