गभर्नर अधिकारीको राजीनामा माग्दै अखिल क्रान्तिकारीको प्रदर्शन

नेपालभ्युज

गभर्नर अधिकारीको राजीनामा माग्दै अखिल क्रान्तिकारीको प्रदर्शन

काठमाडौं। अखिल क्रान्तिकारीले गर्भनर महाप्रसाद अधिकारीले राजीनामा माग गर्दै बिहीबार पनि प्रदर्शन गरेको छ।

काठमाडौंको प्रदर्शनमार्गमा अखिल क्रान्तिकारीले क्याम्पस जिल्ला समितिले गर्भनर अधिकारी एमाले नेता भएको भन्दै पदबाट बर्खास्त गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन्।

गभर्नर अधिकारी एमाले अर्थ तथा योजना विभाग सदस्य भएको भन्दै अखिल क्रान्तिकारी आन्दोलनमा उत्रिएको हो। गभर्नर अधिकारीको राजीनामा नआउँदासम्म आन्दोलन जारी रहने संगठनले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved