सलमानपछि स्वरा भास्करलाई धम्की- बोली मर्यादित राख, नत्र अर्थी उठ्ला

नेपालभ्युज

सलमानपछि स्वरा भास्करलाई धम्की- बोली मर्यादित राख, नत्र अर्थी उठ्ला

एजेन्सी। चर्चित गायक तथा र्‍यापर सिद्धु मुसेवालाको हत्यापछि बलिउड सेलिब्रेटीहरूलाई निरन्तर ज्यान मारिदिन धम्की आइरहेका छन्।

केही समयअघि मात्रै सलमान खान र उनका बुवा सलिम खानलाई मारिदिने धम्कीपूर्ण पत्र आएको थियो। हालै अभिनेत्री स्वरा भास्करलाई पनि त्यस्तै धम्कीको पत्र आएको छ। स्वराकाअनुसार यो पत्र स्पीड पोष्टमार्फत मुम्बईस्थित उनको घरमा पठाइएको हो।

स्वराले पाएको धम्की-पत्रमा भाषा मर्यादित राख्न चेतावनी दिँदै नभए मारिदिने धम्की दिइएको छ। पत्रमा विनायक दामोदर सावरकरको अपमान युवाहरूले नसहने बताउँदै चुपचाप भाषा मर्यादित राखेर फिल्म बनाउन भनिएको छ। नभए जनाजे (अर्थी) उठाइदिने धम्की पत्रमार्फत दिइएको छ।

स्वराले सन् २०१७ मा एक पोस्ट शेयर गर्दै सावरकरले बेलायत सरकारसँग माफी मागेर जेलबाट रिहा भएको लेखेकी थिइन्। त्यसको दुई वर्षपछि स्वाराले सावरकरलाई कायर भन्दै एक भिडिओ शेयर गरेकी थिइन्।

सावरकर (१८८३-१९६६) हिन्दू राष्ट्रवादका विचारक तथा नेता थिए।

पत्रको अन्त्यमा यस देशका नौजवानको नाममा जय हिन्द लेखिएको छ। धम्की आएपछि स्वराले मुम्बईको वर्सोवा पुलिस स्टेसनमा अज्ञात उजुरी दर्ता गरेकी छन्। प्रहरीले यसबारे अनुसन्धान शुरु गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved