स्ट्राइकरद्वय नवयुग र भरत अमेरिका लागे

नेपालभ्युज

स्ट्राइकरद्वय नवयुग र भरत अमेरिका लागे

काठमाडौं। नेपाली फुटबलका दुई स्टार स्ट्राइकर नवयुग श्रेष्ठ र भरत खवास अमेरिका प्रस्थान गरेका छन्।

पाँचौँ संस्करणको नेपलीज अ‍ेमेरिकन कन्भेन्सन (एनएसी) फुटबल प्रतियोगितामा सहभागिता जनाउन दुई खेलाडी बिहीबार (आज) बिहान अमेरिका प्रस्थान गरेका हुन्।

यी दुवै फर्वाड त्रिभुवन आर्मी क्लबबाट व्यवसायिक फुटबल खेल्ने गर्छन्। नवयुग हालको नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान नै हुन्। पछिल्लो समय खेलाडी र प्रशिक्षक अल्मुताइरीको विवादका कारण नियमित कप्तान किरण चेम्जोङ

टिममा नपरेपछि नवयुगले कप्तानीको जिम्मेवारी पाएका थिए।

भरत भने हाल राष्ट्रिय फुटबल टिममा छैनन्। तर उनी आर्मी टिमका भने कप्तान नै हुन्। नवयुग र भरतले प्रतियोगिताको आयोजक लस एन्जलसको टिमबाट खेल्ने आर्मी क्लबले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved