मानव स्वास्थ्यका लागि नियमित योग आवश्यक : मुख्यमन्त्री राउत

स्वस्थ्य रहन मानवले दैनिक एक घण्टा योग गर्नुपर्ने जनाउँदै मुख्यमन्त्री राउतले कार्यव्यस्थताका बाबजुद मानवले स्वस्थ्य रहन दैनिक कम्तीमा एक घण्टा योग गर्नुपर्ने बताए।

नेपालभ्युज

मानव स्वास्थ्यका लागि नियमित योग आवश्यक : मुख्यमन्त्री राउत
फाइल तस्वीर

जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मानव स्वास्थ्यका लागि नियमित योग आवश्यक रहेको बताएका छन्।

आठौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज बिहान जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले योगाभ्यासले मानवलाई स्वस्थ राख्ने भएकाले योग शिक्षामा जोड दिनुपर्ने बताए।

स्वस्थ्य रहन मानवले दैनिक एक घण्टा योग गर्नुपर्ने जनाउँदै मुख्यमन्त्री राउतले कार्यव्यस्थताका बाबजुद मानवले स्वस्थ्य रहन दैनिक कम्तीमा एक घण्टा योग गर्नुपर्ने बताए।

“स्वास्थ्य नै महत्वपूर्ण कुरा हो,” उनले भने, “स्वस्थ रहन योग आवश्यक छ, त्यसैले नियमित योग गरौँ र निरोग रहौँ।” योग गर्दा स्वस्थसँगै सोच र विचारमा पनि परिवर्तन आउने उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved