अब राजतन्त्रको औचित्य समाप्त भइसकेको छ : कमल थापा (भिडिओ)

नेपालभ्युज

अब राजतन्त्रको औचित्य समाप्त भइसकेको छ : कमल थापा (भिडिओ)

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) का अध्यक्ष कमल थापाले अब राजतन्त्रको औचित्यस समाप्त भइसकेको बताएका छन्। सगरमाथामा राप्रपा नेपालको झण्डा फहर्‍याउने पर्वतारोहीलाई सम्मान कार्यक्रममा अध्यक्ष थापाले राजाको पुनर्स्थापनाको सन्दर्भ समाप्त दाबी गरे।

“अब पनि हामीले हिजो कांग्रेस र कम्युनिष्टले जस्तै राजालाई गाली गरेर राप्रपा नेपाललाई स्थापति गर्ने होइन। हामीले आफ्नो विचारको बलमा राप्रपा नेपाललाई स्थापित गर्न सक्नुपर्छ,” उनले भने, यो पार्टी कसैको विरुद्धमा खडा भएको पार्टी पनि होइन। हामी त सकारात्मक सोच राखेर अगाडि बढेका पार्टी हौं। अब हामीले राजालाई पनि गाली गरिराख्नुपर्ने जरुरी छैन। राजा त स्वयं अहिले विस्थापित अवस्था छ।”

आफूहरू फरक दृष्टिकोण बोकेर जनताको माझ गएको दाबी गरेका थापाले आफूहरूलाई बलियो बनाउन कसैलाई गाली गर्नुपर्ने आवश्यकता नभएको बताए। अहिले देशको विकृति र विसंगतिको कारण राजा नभएको पनि उनले जिकिर गरे। दल र दलका नेताहरू जिम्मेवार भएका उनको भनाइ थियो।

करको दरको हेरफेरको संवेदनशील काममा अर्थमन्त्री जनार्दन शर्माले ठूलो आर्थिक चलखेल र असंवैधिक अपराध गरेको पनि उनले आरोप लगाए। “मलाई आश्चार्य लागेको छ, आजका दिनसम्म न त अर्थमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुभएको छ, न त प्रधानमन्त्रीले उहाँलाई पदबाट हटाउनुभएको छ। न त नेकपा माओवादीले उहाँलाई मन्त्रीबाट फिर्ता नै बोलाएको छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved