फोहोर व्यवस्थापनका लागि दीर्घकालीन समाधान खोज्छौं : उपमेयर डंगोल

नेपालभ्युज

फोहोर व्यवस्थापनका लागि दीर्घकालीन समाधान खोज्छौं : उपमेयर डंगोल
फाइल तस्वीर

काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौंको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोजिने बताएकी छन्।

शनिबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै डंगोलले तत्कालका लागि फोहोर व्यवस्थापनका लागि सहमति भए पनि दीर्घकालिन समाधान खोजिने भन्दै विभिन्न योजनाहरू तयार भइरहेको बताइन्। उनले फोहोरको स्रोतमा नै विकेन्द्रीकृत गरेर, त्यहीँ नै व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिन्। डंगोलले घरैबाट जैविक र अजैविक फोहोर छुट्याइदिनपनि पनि आग्रह गरिन्।

उनले फोहोर व्यवस्थापनका लागि गरेको प्रतिवद्धता पूरा गर्नेगरी आफूले काम गरिरहेको बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved