बाबुराम भट्टराई भन्छन्- गठबन्धनमा जसपाको अवस्था ‘माझीदाइ’ जस्तो

जनता समाजवादी पार्टी (जसपा) नेपाल संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्थानीय चुनावमा सत्तारुढ दलबीच गठबन्धन भए पनि जसपाले अपेक्षाकृत सफलता पाउन नसकेको बताएका छन्।

नेपालभ्युज

बाबुराम भट्टराई भन्छन्- गठबन्धनमा जसपाको अवस्था ‘माझीदाइ’ जस्तो

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपाल संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्थानीय चुनावमा सत्तारुढ दलबीच गठबन्धन भए पनि जसपाले अपेक्षाकृत सफलता पाउन नसकेको बताएका छन्।

उनले स्थानीय चुनावको गठबन्धनमा आफ्नो दल जसपाको अवस्था ‘माझीदाइ’ जस्तो रहेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै भट्टराईले गठबन्धनबाट माओवादीले फाइदा लिएको जनाएका छन्।

उनले लेखेका छन्, ‘‘गोरखाको गोरखा नपा र गण्डकी गापा पनि माओवादीले जसपाको सहयोगमा जितेको हो। देशैभर जसपाको अवस्था चाहिँ ‘माझीदाइ’को जस्तो रहेको हो– अरूलाई नदी तार्ने तर आफू चाहिँ वरै बस्ने!’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved