कांग्रेसको अवरोधका बीच अर्थमन्त्री पुन यसरी फुत्किएर पुगे रोष्टममा, विरोधका बीच आर्थिक सर्वेक्षण पेश

नेपालभ्युज

कांग्रेसको अवरोधका बीच अर्थमन्त्री पुन यसरी फुत्किएर पुगे रोष्टममा, विरोधका बीच आर्थिक सर्वेक्षण पेश

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बाबजुद अर्थमन्त्री वर्षमान पुनले संसद् बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् । नाराबाजीकै बीच अर्थमन्त्री पुनले आर्थिक सर्वेक्षण प्रस्तुत गरे ।

बैठकमा प्रतिपक्षी दल राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बोलेपछि कांग्रेस सांसदहरूले वेल घेराउ तथा नाराबाजी गरिरहेका छन् ।

प्रतिपक्षीको अवरोधकै बीच अर्थमन्त्री पुन फुत्किएर रोष्टममा पुगेका थिए । उनलाई मर्यादा पालकले स्कर्टिङ गर्दै रोस्टममा पुर्‍याएका थिए । विरोधका बीच संसदमा छलफल जारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved