प्रतिनिधि सभाबाट नीति तथा कार्यक्रम पारित

नेपालभ्युज

प्रतिनिधि सभाबाट नीति तथा कार्यक्रम पारित
फाइल फोटो । जेठ १ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौं । प्रतिनिधि सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले त्यसलाई निर्णयार्थ पेश गरेका थिए ।

सभामुख घिमिरेले नीति तथा कार्यक्रम ‍बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

प्रतिनिधि सभाको बैठक कांग्रेसले वेल घेराउ र नाराबाजी गरिरहेको थियो । त्यस क्रममै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि टेलब गरेका थिए ।

नाराबाजीकै बीच नीति तथा कार्यक्रममाथि छलफल र पारित भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved