चालु आवमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुन्छ : अर्थमन्त्री पुन

नेपालभ्युज

चालु आवमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुन्छ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशत मात्रै हुने बताएका छन् ।

आइतबार प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै चालू आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशत हुने बताएका हुन् ।

अर्थमन्त्री पुनले  चालु आर्थिक वर्षमा कुल लगानी २ दशमलव ८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब पुग्ने अनुमान रहेको बताए ।

प्रतिव्यक्ति आम्दानी बढेर १ हजार ४५६ अमेरिकी डलर पुग्ने अनुमान अर्थमन्त्री पुनको छ । चालु आर्थिक वर्षको फागुनसम्म औसत उपभोक्ता मूल्यवृद्धि ६ दशमलव ८० उनको भनाई छ ।

राजस्व परिचालनमा क्रमशः सुधार हुँदै गएको भन्दै चालु आर्थिक वर्षको फागुनसम्म संघीय सरकारको राजश्व संकलन ९ दशमलव ७ प्रतिशतले बढेर ६ खर्ब ३९ अर्ब ५ करोड पुगेको छ ।

चालु आर्थिक वर्षको फागुनसम्ममा संघीय खर्च २ दशमलव ९ प्रतिशतले वृद्धि भई ८ खर्ब १ अर्ब ५८ करोड पुगेको मन्त्री पुनले बताए । आर्थिक वर्षको फागुनसम्म कुल सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड पुगेको छ ।

‘मुलुकको आर्थिक,सामाजिक सूचकहरूमा बिस्तारै सुधार हुँदै गएको छ । चालु आर्थिक वर्षको फागुनसम्म औसत उपभोक्ता मूल्यवृद्धि ६.८० प्रतिशत रहेको छ ।’ मन्त्री पुनले भने । कुल ऋणमध्ये आन्तरिक ऋण ४९ दशमलव ६ प्रतिशत र बाह्य ऋण ५० दशमलव ४ प्रतिशत रहेको उनको भनाई छ ।

उनले आर्थिक वर्ष २०७९र०८०मा प्रदेश र स्थानीय तहले संघबाट भएको वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ९७ अर्ब २६ करोड र राजस्व बाँडफाँडबाट १ खर्ब २० अर्ब २६ करोड गरी ५ खर्ब १७ अर्ब ६२ करोड प्राप्त गरेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved