नेसन्स लिग : पोर्चुगलको जितमा रोनाल्डोको दुई गोल

क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतमा पोर्चुगलले स्विट्जरल्यान्डमाथि ४० गोल अन्तरको शानदार जित निकालेको हो।

नेपालभ्युज

नेसन्स लिग : पोर्चुगलको जितमा रोनाल्डोको दुई गोल

काठमाडौं। यूईएफए नेसन्स लिग फुटबलमा पोर्चुगलले शानदार जित निकालेको छ। स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतमा पोर्चुगलले स्विट्जरल्यान्डमाथि ४० गोल अन्तरको शानदार जित निकालेको हो।

लिगको समूह चरणअन्तर्गत गएराति भएको खेलमा स्विट्जरल्यान्डमाथि पोर्चुगल ४-० गोल अन्तरमा विजयी भएको हो।

पोर्चुगललाई विलियम कार्भाल्होले खेलको पाँचौँ मिनेटमै शुरुआती अग्रता दिलाए। त्यसपछि रोनाल्डोले ३५ औँ मिनेटमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाए।

रोनाल्डोले ३९ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता ३–० मा पुर्याए। खेलको ६८ औँ मिनेटमा जोआ कान्सेलोले गोल गरेपछि पोर्चुगल ४–० गोल अन्तरमा विजयी भयो।

जितसँगै लिग चरणमा ए समूह २ मा रहेको पोर्चुगलले महत्वपूर्ण ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। स्विट्जरल्यान्डले भने हारबाट प्रतियोगिताको शुरुआत गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved