नयाँ नियमले कर्णालीका हिमाली जिल्लामा हवाई उडान प्रभावित

नेपालभ्युज

नयाँ नियमले कर्णालीका हिमाली जिल्लामा हवाई उडान प्रभावित
फाइल तस्वीर

सुर्खेत। सरकारले उडान क्षेत्रमा बुधबारदेखि लागू गरेको नयाँ नियमका कारण कर्णालीका हिमाली जिल्लाका हवाई उडान प्रभावित भएको छ। नयाँ निमयका कारणले कर्णालीका हिमाली जिल्ला डोल्पा, मुगु, हुम्ला र जुम्लाको हवाई उडान प्रभावित भएको हो।

नागरिक उड्डयन प्राधिकरणले प्रस्थान, उडान मार्ग र गन्तव्यको मौसमका विषयमा प्रस्ट भएपछि मात्रै उडान अनुमति दिने नियम लागू गरेपछि कर्णालीका हिमाली जिल्लाको हवाई उडानहरू प्रभावित भएका हुन्।

हिमाली जिल्लाको मौसमका बिषयमा मौसम पूर्व अनुमान विभागले समयमै जानकारी नदिदाँ हवाई उडानमा समस्या आउने गरेको विमान कम्पनीहरूले बताएका छन्।

नेपालगञ्ज र सुर्खेतबाट हुम्ला, जुम्ला र मुगु हवाई उडान भर्ने विमानहरूको कालिकोट र दैलेख इनरुट पर्ने भएकाले त्यहाँको मौसमी अवस्थाका पूर्व जानकारी लिनुपर्ने अवस्था आउँदा विमान कम्पनीहरूलाई उडान भर्नका लागि समस्या भएको नागरिक उड्डयन प्राधिकरण हुम्ला शाखाका प्रमुख मोहन गिरीले बताए।

कर्णालीका डोल्पामा उडान भर्ने विमानले रुकुमपश्चि र जाजरकोट इनरुट पर्ने भएकाले मौसमको जानकारी समय नहुँदा उडानमा समस्या भएको छ।

कर्णालीका हिमाली जिल्ला हुम्लामा हवाई उडान एक मात्र विकल्प भएको र हवाई उडान नहुँदा अहिले समस्या आएको स्थानीय रामबहादुर शाहीले बताए। “विमानस्थलमा जाने आउने मात्र काम भएको छ।” उनले भने, “मैले पाँच दिन अगाडी टिकट काटेको भएपनि नेपालगञ्ज उडन पाएको छैैन।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved