नेपालले दिएको लक्ष्य सात बलमै पूरा गर्दै यूएई १० विकेटले विजयी

यूएईले सात बलमै नेपालमाथि १० विकेटको जित हासिल गरेको हो।

नेपालभ्युज

नेपालले दिएको लक्ष्य सात बलमै पूरा गर्दै यूएई १० विकेटले विजयी

काठमाडौं। आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकपको मलेसियामा जारी एसिया छनोटको खेलमा यूएईले नेपालमाथि सात बलमै जित निकालेको छ।

यूकेएम ओभलमा नेपालले दिएको नौ रनको विजयी लक्ष्य यूएईले सात बलमै पूरा गरेको हो। यूएईले सात बलमै नेपालमाथि १० विकेटको जित हासिल गरेको हो।

त्यसअघि, यूएईविरुद्ध पहिले ब्याटिङ गरेको नेपाल जम्मा आठ रन जोडेर अल आउट भएको थियो। आठ ओभर एक बल खेलेको नेपाल आठ रन मात्रै जोडेर अलआउट भयो।

नेपालका लागि स्नेहा महराले ३ तथा मनिष रानाले अविजित २ रन जोडिन्। किरण कुमारी कुँवर, अनु कडायत र आश्मा पुलामी मगरले १÷१ रन जोडे।

यूएईका महिका गौरले ५ विकेट लिँदा इन्धुजा नन्दकुमारले ३ विकेट लिइन्।

यसअघि, हिजो शुक्रबार नेपालले कतारलाई ७९ रनले हराएको थियो। यूएईले पनि पहिलो खेलमा भुटानलाई १६० रनले पराजित गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved