नेसन्स लिग : बेल्जियममाथि नेदरल्यान्ड्सको शानदार जित, डेनमार्कसँग फ्रान्स पराजित

गएराति भएका खेलमा फ्रान्स डेनमार्कसँग र बेल्जियम नेदरल्यान्ड्ससँग पराजित भएका हुन्।

नेपालभ्युज

नेसन्स लिग : बेल्जियममाथि नेदरल्यान्ड्सको शानदार जित, डेनमार्कसँग फ्रान्स पराजित

काठमाडौं। यूईएफए नेसन्स लिगअन्तर्गतका खेलमा विश्वविजेता फ्रान्स र बेल्जियम पराजित भएका छन्। गएराति भएका खेलमा फ्रान्स डेनमार्कसँग र बेल्जियम नेदरल्यान्ड्ससँग पराजित भएका हुन्।

समूह चरणअन्तर्गत गएरातिको खेलमा बेल्जियम नेदरल्यान्ड्ससँग ४–१ गोल अन्तरले पराजित भयो। नेदरल्यान्ड्सको जितमा मेम्फिस डिपाएले दुई गोल गरे।

नेदरल्यान्ड्सलाई शुरुआती अग्रता दिलाउने क्रममा खेलको ४० औँ मिनेटमा स्टिभेन बेर्जविजनले गोल गरे। ५१ औँ मिनेटमा डिपाएले गोल गर्दै डच टोलीलाई २–० को अग्रता दिलाए।

खेलको ६१ औँ मिनेटमा डेन्जेल डुमफ्रिसले गोल गर्दै नेदरल्यान्ड्सको अग्रता ३–० को बनाए। खेलको ६५ औँ मिनेटमा डिपाएले व्यक्तिगत दोस्रो गोल गरेपछि नेदरल्यान्ड्स ४–० ले अघि रह्यो।

बेल्जियमका लागि खेलको इन्जुरी समयमा मिची बात्सुआईले एक गोल फर्काए। तर, नेदरल्यान्ड्स ४–१ ले विजयी भयो। जितसँगै लिग ए समूह ४ को नेदरल्यान्ड्सले पहिलो खेलमा ३ अंक जोडेको छ। नेदरल्यान्ड्स शीर्ष स्थानमा रहेको छ।

यस्तै, लिगको साविक विजेता तथा विश्वविजेता फ्रान्स पनि समूह चरणअन्तर्गत गएराति भएको खेलमा डेनमार्कसँग २–१ गोल अन्तरले पराजित भयो।

शुरुवाती अग्रता बनाएको फ्रान्स अग्रता जोगाउन नसक्दा पराजित भयो। खेलको ५१ औँ मिनेटमा करिम बेन्जिमाले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए।

तर, ६८ औँ मिनेटमा आन्द्रेस कोर्नेलिउसले गोल गर्दै डेनमार्कलाई १–१ गोलको बराबरीमा ल्याए। खेलको ८८ औँ मिनेटमा आन्द्रेसले व्यक्तिगत दोस्रो गोल गर्दै डेनमार्कलाई २–१ को जित दिलाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved